सल्लेभुम्लु – काभ्रेको कोशीपारिमा रहेको भुम्लु गाँउपालिकाको पाँचौ गाँउसभा सम्पन्न भएको छ । असार १० गते सुभारम्भ भएको गाँउ सभा असार ३० गते सम्पन्न भएको हो । गाँउ सभा सदस्य अंञ्जली डल्लाकोटीको निधनमा सो सभाले शोक प्रस्ताव पास गरेको थियो भने मौन धारण समेत भएको थियो ।

गाँउपालिका उपाध्यक्ष कल्पना श्रेष्ठले आर्थिक बर्ष ०७६÷०७७ को नीति तथा कार्यक्रम पेश गर्नु भएको थियो । उहाँले सुखी तथा समाजवाद उन्मुख भुम्लु गाँउपालिकाको योजना सार्वजनिक गर्नु भएको थियो । बहुबर्षिय तथा क्रमागत योजनाहरु सार्वजनिक गर्दै उपाध्यक्ष श्रेष्ठले सिमित स्रोतको उच्चतम प्रयोग गर्दैै व्यवसायिक खेती प्रणालीको लागि काम गर्ने योजना अघि सार्नु भएको थियो । काभ्रेको भुम्लु गाँउपालिकाले यो बर्षलाई फलफुल बर्षको रुपमा अघि सारेको छ । भुम्लुको हावापानी सुहाउँदो फलफुल खेतीमा गाँउपालिकाले योजना अघि सारेको हो । त्यसका लागि भुम्लुमा कृषि शिक्षाका लागि थप एक विद्यालयमा अध्ययन अध्यापन सुरु गर्ने योजना अघि सारेको छ ।

हरेक घरमा फलफुलका बिरुवा पु¥याउने योजनासँगै माहुरीका घार वितरणमा गाँउपालिकाले अग्रसरता देखाएको हो । रासायनीक बिषादीलाई न्यूनिकरण गर्दै जैविक प्रयोगमा जोड दिन कार्यक्रम सार्वजनिक गरिने नीति तथा कार्यक्रम सार्वजनिक भएको हो । पशुमा नश्ल सुधार गर्दै सहकारी मार्फत आयस्रोतमा बृद्धि गराउने कार्यमा गाँउसभाको नीति तथा कार्यक्रम पेश भएको हो । गाँउपालिका उपाध्यक्ष श्रेष्ठले एक घर एक धाराको अभियानसँगै महत्वपुर्ण योजना सार्वजनिक गर्नु भएको हो ।

गाँउपालिकाका प्रमुख गुमानध्वज कुँवरले सभामा निती तथा कार्यक्रमको बारेमा उठेको बिषयमा प्रष्ट पार्नु भएको थियो । उहाँले गाँउपालिकाको आगामी बर्षको लागि ४१ करोड ८१ हजार ६ सय २० रुपैयाको बजेट सार्वजनिक गर्नु भएको छ । गाँउपालिकाको पायक ठाँउमा बृद्धाश्रमको लागि भवन बनाउने महत्वपुर्ण प्रस्ताव समेत पास गरेको छ । गाँउपालिका अध्यक्ष कुँवरले पौष मसान्तभित्रमा योजनाका कामहरु सम्पन्न गराउने हिसावले काम सुरु गर्न आवश्यक रहेको बताउने प्रस्ताव पेश गर्नु भएको थियो

। अहिले वडाभेलाहरुवाट आएका प्रस्तावको आधारमा पुनः साउन र भदौ महिनामा वडाअध्यक्ष तथा सदस्यहरु मार्फत जनतासँग सुझाव संकलन कार्यमा लाग्ने योजना गाँउले अघि सारेको हो । हामीले जनताको आवश्यकताको आधारमा विकास गर्ने भएकाले साउन महिनामा पुनः सुझाव संकलन गर्न गाँउ गाँउमा जानेछौ उहाँले भन्नु भयो । त्यसपछि सबैको उपस्थितीमा बनेको उपभोक्ता समितिले काम सुरु गरेर पौष महिनामै सम्पन्न गर्ने गरि काम अघि बढाउने प्रस्तावमा गाँउ सभाका सदस्यहरुले अनुमोदन गर्नु भएको छ ।


तपाईको प्रतिक्रिया