धुलिखेल – सामाजिक बिकास मन्त्रालय प्रदेश नं ३ को आथिक सहयोगमा ब्यवसायिक ३ महिने मोवाईल मर्मत तालिम काभ्रेको धुलिखेलमा सम्पन्न भएको छ ।

३ नं प्रदेश अन्र्तगत काभ्रे, दोलखा, रामेछाप र सिन्धुपाल्चोका बिभिन्न अपाङगता भएका ब्यक्तिहरुलाई आवसिया सहितको तालिम समापन भएको हो । तालिममा चार जिल्लाको बिभिन्न शारिरीक अपाङगता भएका २८ सहभागिता रहेको थियो ।

सहभागिहरुले ३ महिना (तिन सय ९० घण्टा )अवदिको तालिममा सहभागि भएका थिए । मोवाइल मर्मत तालिम समापन कार्यक्रममा बोल्दै प्रदेश नं ३ का सदस्य प्रमुख अथिति रत्नप्रसाद ढकालले अहिले सामाजिक बिकास मन्त्रालयले बिभिन्न रुपमा अपङगता भएका ब्यक्तिहरुलाई स्वरोजगार बनाउने ब्यवसायिक हुने खालको योजनाहरु बाट बिभिन्न रुपमा अपाङगता भएका ब्यक्तिहरुलाई आफ्नै खुट्टमा टेक्न सक्ने बनाएको बताए ।

यसै नं प्रदेश सामाजिक बिकास मन्त्रालय माहशाखा प्रमुख इन्दिरा ओझाले मन्त्रालयले सबैखाले अपाङगता भएका ब्यक्तिहरुलाई कुनैन कुनैरुपबाट रोजगार बनाउन लागेको बताईन । ब्यवसायिक मोवइल मर्मत तालिमको तालिम संयोजक लक्ष्मीराज शाहले अपाङगता भएका ब्यक्तिहरुको तालिम संचालनको लागि त्यति सहज नभएको बताए । हामीले चार जिल्ला बाट सहभागी बिभिन्न अपाङगता भएका ब्यक्तिहरुलाई आवसिय तालिम दिएको उहाँले बताए । तालिममा सहभागि दोलखाका कृष्ण ओलीले यो तालिमबाट धेरैकुरा सिक्ने अवसर मिलेको बताए ।

मोवाई मर्मत गर्ने तालिम सिकेपछि धेरै जसो सहभागिहरुले अबको दिनमा ब्यवसाहिक बन्नको लागि थप मद्धतपुगेको समेत बताए । अर्का सहभागि काभ्रेकी र्पावती गौतमले मोवाई बनाउने तालिम लिनु भन्दा पहिले र अहिले धेरै फरक पाएको बताईन । अब पछिको समयमा ब्यवसायनै संचालन गरेर बस्ने इच्छासमेत रहेको गौतमले बताईन ।


तपाईको प्रतिक्रिया