माझीफेदा – काभ्रेको कोशीपारिको चौरीदेउराली गाँउपालिका–३ माझीफेदाका स्थानीयमा भुकम्पले ल्याएको पिडामा स्वास्थ्यचौकी बनेसँगै खुसी फर्किएको छ ।

नजिकै रहेको धुलिखेलको वाईट रिचले सोचेको जस्तो सेवा प्रदान नगरिरहेको समयमा गाँउमै बर्थिङ सेन्टरको सेवा सहितको अत्याधुनिक भवन समुदायलाई हस्तान्तरण गरिएसँगै माझीफेदाका स्थानीयमा खुसीयाली बढेको हो । गाँउलाई स्वास्थ्यसेवाले घेरेसँगै स्थानीय सरकारको अनुभुती आफूहरुले गर्न थालेको स्थानीयले बताएका छन् । भवनमा एक्सरे सेवासँगै ल्यावको सुरुवात समेत गर्ने योजना वडा कार्यालयले अघि सारेको छ ।

काभ्रेको कोशीपारिको अवस्था पहिलाको भन्दा निक्कै पेरिएछ’ नेपाल सरकार प्रदेश नं. ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले भने । युद्धको समयमा रामेछापहुँदै काभ्रेको कोशीपारिमा पटक पटक समय बिताएका मन्त्री दुलालले परिर्वतनमा कोशीपारिको योगदान उच्च रहेको बताए । ‘ हामीले त्यतीबेला कोशीपारिका घरहरुमा शौचालय बनाउन सहयोग गरेका थियौ,आज स्वास्थ्यचौकी हस्तान्तरण गर्न पायौ’ मन्त्री दुलालले भने । विगतदेखिनै कोशीपारिलाई आफूहरुले सहयोग गरेको बताउँदै मन्त्री दुलालले भने, काभ्रेको विकासमा हामीले कुनै पनि कसर बाँकी राख्ने छैनौ ।’

काभे्रको दुर्गम कोशिपारिस्थित चौरीदेउराली गाउँपालिका वडा नं. ३ माझीफेदास्थित २०७२ सालको भूकम्पले क्षति पु¥याएका सुविधा सम्पन्न स्वास्थ्य चौकी भवन निर्माण कार्य सम्पन्न गरी समुदायलाई हस्तान्तरण गरिएको छ । समुदायमै अब बर्थिङ सेन्टरको अभाव समेत पुरा हुनेछ । स्वीस सरकारको सहयोगमा तेरे दे होम(टि.डि.एक) को आयोजना तथा कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र(किर्डाक)को प्राविधिक सहयोगमा निर्माण सम्पन्न भई बुधवार नेपाल सरकार प्रदेश नं. ३ का सामाजिक विकास मन्त्री युवराज दुलाल र नेपालका लागि स्वीस राजदुत श्रीमती एलिजाबेथ भोन कपेलरले संयुक्त रुपमा उद्घाटन गरी स्वास्थ्य चौकी ब्यवस्थापन समितिलाई हस्तारण गरिएको हो ।

सो भवन उद्घाटन गर्दै मन्त्री दुलालले भौतिक सुविधा सम्पन्न भवन निर्माण गरी हस्तान्तरण भएकोमा खुशि ब्यक्त गर्दै त्यसलाई सही ढंगले प्रयोग र उपयोग गर्न सुझाव दिए । उहाँले नेपाल समाजवाद उन्मुख राष्ट्र निर्माणको चरणमा अगाडी बढिरहेको अवस्थामा स्वास्थ्य राज्यको दायित्व भित्र गईसकेको अवस्थामा त्यसको सम्पूर्ण जिम्मा राज्यले लिने भएकाले निर्माण भएको भवन र त्यसबाट सबै नागरिकले समान रुपमा पाउने उचित सेवामा कुनै कमि आउन नदिने बताए ।

नेपालका लागि स्वीस राजदुत श्रमिती एलिजाबेथ भोन कपेलरले बनेको स्वास्थ्य चौकी भवनबाट राम्रो सेवा लिन पाउनेमा आशाबादी भएको बताईन् ।  भूम्कपले क्षति पुगेको सो निर्माण भएको स्वास्थ्य चौकी भवन १ करोड ४० लाखमा दूई तले ६ कोठा रहेको छ । जसमा प्रसुति सेवा समते दिने गरी त्यसको लागि आवश्यक उपकरण समेत उपलब्ध गराउनुका साथै पानी र फोहोर ब्यवथापन स्वास्थ्य चौकी परिसरभित्र हुने खालको सुविधा सहितको भवन निर्माण गरिएको छ ।

कार्यक्रममा बोल्दै प्रदेश सभाका सदस्य रत्न ढकालले कोशीपारिको बृहत्तर विकासमा आफूले सकेको काम गरिरहेको बताए । आफ्नो निर्वाचन क्षेत्रमा विकट गाँउहरु भएपनि अब सुगम बनाउने कार्यमा आफू लागेको बताए ।
क्रिडाकका माधवराज न्यौपानेले आफूहरुले सहयोग गरेर निर्माण भएको स्वास्थ्यचौकीवाट धेरैभन्दा धेरै सेवा स्थानीयले पाउने आशा गरेको बताए । गाँउपालिकाका अध्यक्ष दिनानाथ गौतमले चौरीदेउराली निरन्तर विकासको मार्गमा अघि लम्किरहेको बताए ।

वडा अध्यक्ष एंव स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष विनोद घिसिङले अब स्वास्थ्यचौकीमा आवश्यक रहेको ल्यावको समेत व्यवस्था गरिने बताए ।


तपाईको प्रतिक्रिया