रोशी – काभ्रे जिल्लाको रोशी गाउँपालिकाको वडा नं. ४ र ५ लाई लक्षित गरी वडा नं. ४ को महादेवटारमा पुगेर जिल्ला प्रशासन कार्यालय काभ्रेको टोलीले नागरिकता वितरण गरेका छन् ।

नागरिकता लिनकै लागि जिल्ला सदरमुकाम धुलिखेल धाउनुपर्ने त्यहाँका स्थानीयबासिन्दाहरुलाई जिल्ला प्रशासन कार्यालयको टोलीले गाउँमा नै पुगेर नागरिकता वितरण गरेपछि स्थानीयबासिन्दाहरु खुशि भएका हुन् । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयले महादेवटारमा घुम्ती शिविर राखेर सेवा प्रदान गरेपछि आज ३५ जनाले नागकिरता लिईको सहायक प्रमुख जिल्ला अधिकारी पुरीले बताउनुभयो ।

सो क्रममा नयाँ नागरिकता वितरण गर्नुका साथै जिल्ला निर्वाचन कार्यालयबाट खटिएको टोलीले मतदाता नामावलीको लागि फोटो खिचेर नाम संकलन गर्ने काम समेत भईरहेको सहायक प्रमुख जिल्ला अधिकारी पुरीले बताउनुभयो ।

नागरिकता वितरणको काम भोलिसम्म चल्नेछ ।


तपाईको प्रतिक्रिया