काभ्रेपलाञ्चोक – काभ्रेमा हालसम्ममा ३० प्रतिशत मात्रै धान रोपाई भएको छ ।

जिल्लाको विभिन्न स्थानमा धनखेती हुँदै आएको यस जिल्लामा समयमा नै बर्षा भएपछि किसानहरु यतिखेर पाकेको बालीनाली टिपेर धान रोपाईको लागि ब्यस्त रहेका छन् ।

काभ्रे जिल्लामा कुल ११ हजार ३५० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख दुर्गा पण्डितका अनुसार आर्थिक बर्ष २०७३÷०७४ मा जिल्लामा कुल ३८ हजार ५२० मेट्रिक टन धान उत्पादन भएको छ । यहाँको प्रतिहेक्टर क्षेत्रफलमा ३ दशमलव ३९ मेट्रिकटन उत्पादकत्व रहेको कार्यालयले जनाएको छ ।

कृषि कार्यालयले जिल्लामा कुल ११ हजार ३५० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको बताएपनि पछिल्लो समयमा जिल्लाको धान खेतीयोग्य जमिनहरुमा बढ्दो सहरीरकणका कारण अब्यवस्थित बस्ति विस्तार, प्लटिङ, उद्योगधन्दा कलकारखानाहरु सञ्चालनमा ल्याउनु र विशेषगरी खेती गर्ने जनशक्ति विदेशीने गरेका कारण धान खेती र उत्पादनमा कमि हुँदै आएको किसानहरु बताउँछन् ।


तपाईको प्रतिक्रिया