कुशादेवी – ‘पनौती नगरपालिका वडा नं २ र ३ का सामुदायिक विद्यालयका छात्राहरुले निशुल्क रुपमा सेनेटरी प्याड पाउनेछन् ।’ दुवै वडाहरुका बालबालिकाहरुले पुर्ण रुपमा खोप पाएका हुनेछन् र बालश्रम हुनेछैन । शनिवार कुशादेवी माध्यामिक विद्यालयको प्राङ्गणमा हजारौंलाई सम्बोधन गर्दै बाल क्लबको प्रतिनिधी शर्मिला आचार्यले बालबालिकाले अधिकार पाएकोमा औधी खुसी व्यक्त गरिन् ।

बालबालिकाले पाउनुपर्ने ३९ ओटा सूचक पुरागरेसँगै शनिवार पनौती वडा नं २ र ३ संयुक्त रुपमा बालमैत्री वडा घोषणा कार्यक्रममा बालबालिकाहरु औधी खुसी भएका थिए । उनीहरुको खुसीको श्रेय भने पनौती नगरापालिका र सम्बन्धित वडाहरुनै हुन् । काभ्रेको पनौती नगरपालिका काभेमै बालबालिकाप्रति निक्कै सचेत रहेको छ । उसले विगतदेखिनै बालबालिकाप्रति निक्कै सहिष्णु रहेको व्यवहार देखाउँदै आएको छ ।

बालअधिकारसँगै बालबालिकाले पाउने आधारभूत अधिकार प्रदान गरेको पनौती नगरपालिकाको पनौती–१२ काभ्रेकै पहिलो बालमैत्री वडा घोषणा भएको थियो । शनिवार पनौती नगरपालिकाको वडा नं २ र ३ बालमैत्री घोषणाभएसँगै सिंगो पनौती नगरपालिका बालमैत्री बन्ने अभियान काभ्रे जिल्लामै अग्रणी देखिएको हो ।

शनिवार कुशादेवीमा हजारौं नागरिक तथा बालबालिकाको सामुन्ने प्रमुख अतिथी सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा, प्रदेश सभाका सांसद बसुन्धरा हुँमागाई, पनौतीका मेयर भिम न्यौपाने, धुलिखेलका मेयर अशोक व्याञ्जूसँगै, पनौतीको उपमेयर गिता बञ्जारा, क्याप्टेन रामेश्वर थापाले बालमैत्री बडा घोषणा गरेका हुन् । बालमैत्री वडाहरु घोषणाका नायकहरु भने पनौती नगरपालिका वडा नं २ का अध्यक्ष पुरुषोत्तम अधिकारी र वडा नं ३ का अध्ययक्ष किशोर थापा हुन् । उनीहरुको अथक मेहनत,परिश्रम र बालबालिकाप्रतिको भरोसाकै कारण बालमैत्री घोषणा भएको हो । उनीहरु बालमैत्री घोषणाकै लागि लामो समयदेखि अहोरात्र खटिएका थिए ।

कार्यक्रमको प्रमुख अतिथी सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकार ढल्छ भन्ने हल्लामा सत्यता नरहेको स्पष्ट पारे । काभे्र जिल्लाको पनौती नगरपालिका वडा न २ र ३ लाई बालमैत्री वडा घोषणा कार्यक्रममा बोल्नुहुँदै मन्त्री बाँस्कोटाले कसैले दिउँसै सपना देख्दैमा सरकार नढल्ने बताए ।

नेकपाको दुई तिहाई बहुमत रहेकाले सरकार ढल्लेको सपना मात्र देख्न सकिने उनले सुनाए । ‘ कसैले कराउँदैमा, रमाउँदैमा सरकार ढल्दैन,मुलुकलाई अस्थितरता तर्फ लैजानेहरुको षडयन्त्र हो, यो सत्यता होइन ।’ बालबालिकाप्रति सरकार निक्कै संवेदनशिल भएको बताउँदै बालबालिकालाई सरकारको संरक्षणमा काम गरिरहेको बताउनुहुँदै बालबालिकालाई हामीले धनी बन्न होइन इमान्दार बन्न सिकाउनुपर्ने बताए । उनले बालबालिकाको सिकाइ भने कै घर परिवार, समाज भएकाले त्यसमा ध्यान दिन सक्नुपर्ने बताए ।

कार्यक्रममा प्रदेश न ३ का सांसद बसुन्धरा हुमागाईले बालअधिकारको निमित्त आफूहरु सदैव कृयाशिल रहेको बताए । हुँमागाइले बालअधिकारको रक्षाको लागि कृयाशिल बनेर लागेको सुनाए । पनौती नगरपालिकाका मेयर भीम न्यौपानेले पनौती नगरपालिकालाई काभे्र जिल्लाको पहिलो बालमैत्री वडा बनाउने कार्यमा निरन्तर लागेको बताए । उनले यसअघि आफ्नो नगरको वडा नं १२ भुमीडाँडा बालमैत्री भएको र निरन्तर रुपमा अरु वडाहरुले समेत सो कार्यमा अघि बढेको बताए । कार्यक्रममा बोल्दै धुलिखेल नगरपालिकाका मेयर अशोक व्याञ्जूले बालमैत्री अभियानमा सबै सकृय बनेर लाग्न आवश्यक रहेको बताए । कार्यक्रममा बोल्दै पनौतीको उपमेयर गिता बञ्जाराले आफूहरुले बालबालिका, जेष्ठ नागरिक, महिलामैत्री बनाउने महाअभियानमा लागेको बताए । बञ्जाराले नगरपालिकाले सदैव जनताको हितको बिषयमा काम गर्ने बताए ।

कार्यक्रममा बोल्दै वडा नं २ का अध्यक्ष पुरुषोत्तम अधिकारीले बालबालिकाको क्षेत्रमा सदैव हकहितका बिषयमा कुरा गर्दै उनीहरुको विकासमा लाग्ने प्रतिबद्धता व्यक्त गरे । हरेक विकासमा बालबालिका,महिलाहरुलाई समावेश गर्न आवश्यक रहेको उनले बताए । वडा नं ३ का अध्यक्ष किशोर थापाले बाल विकास, वाल अधिकार र वाल संरक्षणसँगै उनीहरुको हरेक कृयाकलापमा सहयोगी बनेर अघि बढ्ने बताए । उनले बालबालिका अहिलेका साझेदार र भोलीका नेतृत्वकर्ता रहेको बताए । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिनाले बाल अधिकारको पक्षमा पनौती नगरपाकिलाले राम्रो काम गरेको बताए ।

मावन अधिकारकर्मी भोजराज तिमल्सिनाले बालबालिकाको क्षेत्रमा गरेको लगानी कहिल्यै खेर नजाने बताए । उनले भविष्य हेर्ने हो भने बालबालिकाको क्षेत्रमा लगानी गर्न आवश्यक रहेको सुझाए । जिल्ला बाल संञ्जाल काभे्रका अध्यक्ष रञ्जन पौडेलले काभ्रेमै नमूना नगरको रुपमा पनौती रहेको बताए । उनले यहाँका मेयर सापले बालबालिकाका हरेक समस्या समाधानका लागि राम्रो भुमिका खेल्ने गरेको बताए । कार्यक्रममा बाल क्लबकी रिता सापकोटा लगायतकाले मन्तव्य राखेका थिए ।


तपाईको प्रतिक्रिया