आईसीसी विश्वकप क्रिकेट अन्तर्गत श्रीलंकाले दक्षिण अफ्रिकालाई २०४ रनको सामान्य लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंकाले ४९ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै २०३ रन मात्र बनायाे । खराब सुरुवात गरेको श्रीलंकाले पहिलो ओभरको पहिलो बलमै विकेट गुमाएको थियो । त्यसपछि कुशल परेरा र अभिष्का फर्नान्डोले ६७ रनको साझेदारी गर्दै इनिङलाई माथि उठाउने प्रयास गरेका थिए ।

फर्नान्डो ३० रन बनाएर आउट भएपछि टिमको स्कोर ७२ रन पुग्दा अर्का लयमा रहेका ब्याट्सम्यान परेरा पनि ३० रन नै बनाएर पेभेलियन फर्किए । यसैगरी धनञ्जय डी सिल्भाले २४ रन जोड्दा कुशल मेन्डिसले २३ रन बनाए । श्रीलंकालाई सस्तैमा अल आउट गर्न क्रिस मोरिस र ड्वेन प्रिटाेरियसले समान तीन-तीन विकेट लिए । त्यस्तै कागिसो राबडाले २ विकेट हात पारे ।


तपाईको प्रतिक्रिया