काठमाडौँ – गायक प्रमोद खरेलको आवाजमा नयाँ गीत “एउटा गीत” सार्वजनिक भएको छ । आर के रम्तेलको शब्दमा रहेको यस गीतमा संगीत र एरेन्ज दिवान किनारको रहेको छ ।

गोपाल साउदले निर्देशन गरेको भिडियोलाइ पिएस बिडारीले छायाँकन गरेका हुन् भने सम्पादन गोबिन्द लाहोरियाले गरेका हुन् । भिडियोमा गोपाल साउद,निरु कौर,रोहित शर्मा र नेहा खुरानालाइ फिचर्ड गरिएको छ ।

संगीतकार दिवान किनारको अफिसियल यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको उक्त गीतको भिडियोमा भारतको विभिन्न ठाउँहरूको लोकेशन लाई सुन्दर ढंगले चित्रण गरिएको छ ।


तपाईको प्रतिक्रिया