(अमृत ओझा) – केहि समय यता सामाजिक सन्जाल युट्युबबाट विभिन्न फिल्म तथा हास्य तथा सुचनामुलक सिरियलहरु आउने क्रम जारी छ । यस्ता हास्य तथा सुचनामुलक सिरियलहरु हेर्नको लागि रेडियोमा सुन्न या त टेलिभिजनहरुमा हेर्न मात्र पाइन्थ्यो ।

अहिले विभिन्न प्राविधिकहरु भित्रिए संगै सामाजिक संन्जालको पनि बिश्वमा प्रयोग गर्नेको संख्या धेरै बढेको छ । अहिलेका युवापुस्ताहरु रेडियो तथा टेलिभिजनमा आएका कार्यक्रम भन्दा पनि सामाजिक संजालमा आएका कार्यक्रमहरुलाइ हेर्नेको संख्या बढीछ । यसैलाइ मध्यनजर गर्दै बिभिन्न निर्माता तथा निर्देशकहरुले विभिन्न च्यानलको माध्यमबाट विभिन्न हास्य तथा सुचनामुलक सिरियल ल्याउने गरेका छन । यस्तै सिरियल मध्येको पनि एक हो कमेडी वेब सिरिज “कठैबरी” ।

अहिले हाम्रो समाजमा भएका र मानिसहरुल्व भोग्दै आएको वास्तविक सामाजिक बिषयबस्तुलाइ केन्द्रित गर्दौ निर्माण गरिएको कमेडी वेब सिरिज हो कठैबरी । यो कमेडी रुपमा प्रस्तुत गरिएको वेब सिरिज हाम्रो गाउघर तिर हुने वास्तविक कुराहरुलाइ समेटेर निमार्ण गरिएको छ । गाउँ घर तिर महिनावारी हुदा होस या अन्न्य कुनै पनि कुरामा महिलाहरुलाइ अझै पनि समस्या रहेको कुराहरुलाइ उठाइएको छ ।

धादिङको गजुरि गाउपालिकामा रहेको छबिसे गाउको विभिन्न स्थानमा छयाङकन गरिएको सिरिजमा एउटा हरिकृष्ण नाम गरेको पात्र हुन्छ । उ बिदेश जान्छ तर उस्ले बिदेश गएर पनि पैसा कमाउन सक्दैन । उ गाउको चुलबुले अनि उत्ताउलो हुन्छ उस्लाइ सबैले हेप्न होच्याउने गर्छ्न यस्तै विषयहरुमा सिरिजमा आफुले अभिनय गरेको कथाका हरिकृष्ण नाम रहेको कलाकार सुदिपराज रेग्मी बताउछन । हरिकृष्ण जस्तै प्रमुख पात्रको रुपमा छ बतासे । उ गाउकै सोझो अनि चन्चले सहयोगि स्वभाव हुन्छ ।

उस्लाइ सबैले हेप्ने गाली गर्ने गर्छन जब आफ्नो काम पर्छ त्यति बेला चाहिँ माया गरेझै गरेर काम अर्‍याउने गर्छन तर बतासे जस्ले जे भने पनि सबैलाइ आदार सम्मन गर्छ भनेको सबै काम गर्ने पात्रको रुपमा बतासेलाइ देख्न सकिन्छ । कमेडी वेब सिरिजक भाग १ देखि भाग ३ सम्म भने युट्युब मार्फत सार्वजनिक भैसकेको छ भने यो सिरिज प्रत्येक शुक्रबार Genius music युट्युब च्यानलबाट प्रशारण हुने गर्दछ ।

मनोज खड्काको निर्देशनमा बनेको उक्त सिरिजलाई रमेश पाठकले निर्माण गरेका हुन । कठैबरीमा सुदिप राज रेग्मी, उमा कान्त सापकोटा, मनोज खड्काको मुख्य भुमिका रहेको छ भने अन्य कलाकारहरुमा नवराज गजुरेल, शान्ति सापकोटा, दिपा मगर, आयुस्ना श्रेष्ठ, आयुशा श्रेष्ठ तथा अनिता श्रेष्ठ लगायतका कलाकारहरुको पनि बेजोड भुमिका रहेकोछ । योगेश दाहालको छायांकन रहेको छ भने दिन्सन शाहको सम्पादन गरेका हुन । पटकथा तथा सम्वाद उमाकान्त सापकोटा तथा मनोज खड्काको रहेको छ र कमेडी सिरिजको शिर्ष गित निर्माता रमेश पाठक आफैले गाएका हुन ।

भिडियो :


तपाईको प्रतिक्रिया