मण्डनदेउपुर – भुकम्पले तहसनहस बनेको काभ्रेको मण्डनदेउपुर नगरपालिका–४ मा रहेको महाकाली माविको नयाँ बनाएर समुदायलाई हस्तान्तरण गरिएको छ ।

शुक्रवार विशेष कार्यक्रमको बिचमा मण्डनदेउपुर नगरपालिकामा प्रमुख टोकबहादुर वाइवाले र र मुक्त नेपालको ईभी जमर्ननीका अध्यक्ष एलिना रुडल्सले संयुक्त रुपमा भवनको उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै नगरप्रमुख वाइवाले विद्यालय भवन बनेसँगै त्यहाँका विद्यार्थीहरुले सहज रुपमा शिक्षा लिन सक्ने अवस्थाको सृजना भएको बताए ।

मुक्त नेपालको सहयोगमा ४ कोठे पक्की भवन बनेसँगै त्यहाँका विद्यार्थीहरुमा हौसला थपिएको हो । १ करोड ३१ लाखको लागतमा निर्माण भएको भवन समुदायलाई हस्तान्तरण भएसँगै भवनले शैक्षिक विकासमा ठोस योगदान दिने मुक्त नेपालका अध्यक्ष राजकुमार खत्रीले बताए । विद्यालय भवन बनेसँगै भत्किएको विद्यालयवाट नयाँ भवनमा पढ्न पाउने भएका छन् । यसवाट विद्यार्थी तथा अभिभावक निक्कै खुसी भएका छन् ।


तपाईको प्रतिक्रिया