मन्थली – रामेछाप नगरपालिका वडा नम्बर ८ काे अार्थिक सहयाेगमा रामेछाप विजनेस एण्ड प्राेफेसनल वमेन (RBPW ) रामेछापकाे अायाेजनामा संचालित तालिममा वडाका निर्वाचित वडा सदस्य सहित २० जना महिलाकाे सहभागीता रहेकाे थियाे । कुनै पनि संघसंस्था तथा समुहमा महिलाहरुले अाफ्नाे विचार, तर्क राख्न, सहजै छलफलमा भागलिन सक्ने र नेतृत्व गर्न सक्ने क्षमताकाे वृद्धि गर्ने उद्देश्यले संचालन गरिएकाे (RBPW) का अध्यक्ष अप्सरा कार्कीले जानकारी दिनुभयाे ।

कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि तथा रामेछाप नगरपालिका उपप्रमुख सिर्जना खड्काले महिलाहरु पछि पर्नु मुख्य कारण बाेल्न नसक्नु भएकाे बताउनु भयाे । बाेल्न सके मात्र कुनैपनि संघ संस्था तथा समुहकाे नेतृत्वका लिन सकिन्छ । नेतृत्व लिनका लागि पनि वाककला हुन अावस्यक रहेकाे बताउनु भयाे । महिलाले केही गर्न सक्दैन भन्ने याे समाजकाे मानसिकता चिर्नका लागि उदाहरणीय काम गरेर देखारउनु पर्ने बेला अाएकाे बताउनुभयाे ।

निर्वाचित महिलाहरुले अहिले सम्म अाफ्नाे याेजना , विचार तथा तर्क राख्न सकिराख्नु भएकाे छैन त्यसकारण लक्षित वर्गकाे बजेट समेत अन्यत्र खर्च भएकाेमा दुख समेत ब्यक्त गर्नुभयाे । यसै गरि वडा अध्यक्ष केदार कार्कीले उद्घाेषण तालिमले महिलाहरूमा बाेल्ने सिपकाे विकास गर्ने भएकाे हुदा तालिम पछि सिकेको सिपलाइ व्यबहारमा उतार्न अाग्रह गर्नुभयाे ।

कार्यक्रममा (RBPW) काे अध्यक्ष अप्सरा कार्कीकाे अध्यक्षता तथा रामेछाप नगरपालिकाकि उपप्रमुख सिर्जना खड्काकाे प्रमुख अातित्थ्यता रहेकाे थियाे । तालिमको सहजिकरण चन्दा खड्का, ज्ञानु श्रेष्ठले गर्नु भएकाे थियाे । तालिममा निर्वाचित महिला सदस्य तथा विभिन्न संघसस्थामा अावद्व महिलाको सहभागीता रहेकाे थियाे ।


तपाईको प्रतिक्रिया