काठमाण्डौ  – काठमाडौंको गोकर्णको इटिचोकमा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

सुन्दरीजलबाट रत्नपार्कतर्फ आउँदै गरेको बा १ ख ८७४४ नम्बरको बस इटिचोकमा अनियन्त्रित भइ पल्टँदा दुर्घटना भएको थियो ।

बस पल्टेर किच्दा त्यही बसका सहचालक काठमाण्डौ सुन्दरीजलका सागर कुँवरको मृत्यु भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।

दुर्घटनामा अन्य २० जना यात्रु घाइते भएको र उनीहरुको नेपाल मेडिकल कलेज जाेरपाटीमा उपचार भइरहेको दुर्घटनास्थलमा रहेका प्रहरी जवान दिपेन्द्रसिंह ठकुरीले जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया