धुलिखेल – सरकारले बजेट दिन्छ तर त्यसको प्रभावकारी अनुगमन हुन नसक्दा हरेक बजेट बालुवामा पानी पोखेको जस्तो मात्रै हुन्छ । तर प्रदेश नंम्बर ३ को अर्थ समितिले प्रदेश नंम्बर ३ का १३ ओटानै जिल्लाहरुमा पुगेर प्रदेश सरकारवाट विनियोजन गरेको बजेटको काम कसरी भैरहेको छ भनेर बुझ्न पहिलो चरणमा काभ्रे सहित सिन्धुपाल्चोक, रामेछाप, दोलखा जिल्लामा भैरहेको विकासको अनुगमन गरेको छ ।

अर्थ समितीले आफ्नो प्रभावकारी उपस्थिती देखाउने उदेश्यले अनुगमनलाई स्तरिय बनाएको हो । अनुगमन टोलीको नेतृत्व भक्तपुरवाट निर्वाचित सांसद शशीजंङ्ग थापाले गरेका हुन् । समितिको सदस्यहरुमा काभ्रेवाट निर्वाचित सांसद लक्ष्मण लम्साल, रामेछापवाट निर्वाचित सांसद शान्तिप्रसाद पौडेल र दोलखाका सांसद आङ देण्डी लामा र काठमाण्डौंको सांसद मिना ज्ञवाली रहेका छन् ।

‘विकासको अनुगमन हुन्छ त्यसका आधारमा मूल्यांकन गरिन्छ’ अर्थ समितिका संयोजक शशीजंङ्ग थापाले भने । हामीले सबै जिल्लामा पुगेर विकास निर्माणमा भएको प्रगतीको आधारमा नंम्बर दिनेछौ उनले भने धेरै आयोजना सर्वाेत्कृष्ट छन् केही पास मात्रै हुने खालका रहेकाले त्यसको वास्तविक रुपमा बाहिर ल्याउने बताए । विकासको लागि रकम दिनु मात्रै ठूलो कुरा नभएको भन्दै ३ नं प्रदेशसभाको अर्थ तथा विकास समितिअन्तर्गतको योजना अनुगमन उपसमितिको टोलीले प्रदेश नंम्बर ३ को विकासको अनुगमन गरेको हो ।

अनुगमन टोलीले काभ्रे, रामेछाप, दोलखा र सिन्धुपालचोको प्रदेश मातहत सञ्चालित विकासका विभिन्न आयोजनाहरु अनुगमन गरेको हो । उपसमितिका संयोजक प्रदेश सांसद शशीजंग थापा, सांसद लक्ष्मण लम्साल, शान्ति प्रसाद पौडेल, मिना ज्ञवाली र आङ देण्डी लामा ३ नं प्रदेश सांसद सचिवालयको अधिकृत राम प्रसाद भुषाल सहितको टोलीले आइतबार देखि योजना अनुगमन गर्न निस्किएको थियो ।

उक्त उपसमितिका संयोजक सहितको टोलीले आइतबार काभ्रे, सोमबार रामेछाप, मंगलबार दोलखा र बुधबार सिन्धुपाल्चोक जिल्लामा संचालनमा रहेको आयोजनाहरुको अनुगमन गरेको थियो । अनुगमनपछि विभिन्न जिल्लाहरुमा भैरहेको कार्यहरुको प्रगती विवरणसँगै ग्रामीण भेगमा भएको विकासको मोडल हेरिएको संयोजक थापाले बताए । अहिले प्रदेश सरकारले बजेट संगै नियमन पनि गर्न थालेपछि जनतामा उत्साह पाएको सांसद थापाले बताए । धेरै जसो जिल्लाहरुमा आवश्यकता लाई मध्यनजर गरेर बजेट हालेको र काम पनि सन्तोषजनक भइरहेको पाएको सांसद थापाले बताए । अनुगमन समितिको सदस्य सांसद लक्ष्मण लम्सालले प्रदेश सरकार र जनताको सम्बन्ध राम्रो हुने कार्यलाई निरन्तरता दिनको लागि प्रदेशबाट बिनियोजित रकमको कामहरु अनुगमन भएको बताए ।

चार जिल्लामा प्रदेश सरकारबाट बिनियोजित रकमबाट भएको केहि कामहरु उदाहरण्ीय ाय भएको केहिमा भने रकम अनुसारको काम नभएको पाइएको सांसद लम्सालले बताए । अनुगमनका क्रममा संसदीय सहितको टोलीले कुनै पनि बाहानामा निर्माण कार्यलाई समयमै गर्नको लागि समेत सबै जिल्लाहरुमा निर्देशन गर्नुभएको थियो । सांसदहरुको टोलीले बटेजअनुसारको केहि जिल्लामा काम नभएतापनि स्थानिय निर्वाचित जन प्रतिनिधि समबन्धित सबैलाई समयमै काम सम्पन्न गर्नको लागि सचेत गराएको थियो ।

प्रदेशसभाको अर्थ तथा विकास समितिअन्तर्गतको योजना अनुगमन उपसमितिको सांसदहरुको टोली, जिल्ला समन्वय समिति, पूर्वाधार विकास कार्यालयका ईन्जिनियरहरु, सिंचाई कार्यालयका इन्जिनियरहरु स्थानिय उपभोक्ताहरु सहितको टोलीले बिभिन्न जिल्लाहरुमा अनुगमन गरिएको थियो । सो क्रममा प्रदेश सरकारबाट बिनियोजन भएको सडकहरु, सिंचाइको योजनाहरु, खेलकुद मैदान लगायतको योजनाहरुको अनुगमन गरिएको थियो ।

अनुगमन समितिको सदस्य शान्तिप्रसाद पौडेलले विकासमा जनताको सहभागितामात्रै भएर नहुने र त्यसमा राम्रो र गुणस्तरीय कामको लागि अनुगमन आवश्यक रहेकाले सोही अनुगमन गरेको बताए । जनताका प्रतिनीधिले जनताको लागि गरेको विकासको अनुगमन गर्न आवश्यक रहेकाले अनुगमन गरेको उनले बताए । त्यस्तै समितिको सदस्य आङ देण्डी लामाले जनताको विकास निर्माण कसरी भैरहेको छ भनेर प्रदेश नंम्बर ३ का विभिन्न जिल्लाहरुमा भएको विकासको अनुगमन गरेको बताए । सांसद मिना ज्ञवालीले विकास निर्माणको प्रगतीको बारेमा बुझ्न पाएकोमा खुसी व्यक्त गरिन् ।


तपाईको प्रतिक्रिया