गजल

देश र प्यारको लागि केही, समय दिएर जाऊ।
भोगाई हो जिन्दगी केही, भोगाई लिएर जाऊ।।

जे-जति छ यो जिन्दगी, हाँसी, खुशी, रमाएँर
सुगन्ध छ यो माटोमा,यहीँ माटोमा खिएर जाऊ।।

जन्मि हुर्केको गाउँ-घर छाडी, हुँदै छौ परदेशी,
तिर्खा लाग्ला झरनाको, चिसो पानी पिएर जाऊ।।

शिरको टोपी गुन्यू चोली, च्यातिनेछन् फाटिनेछन्,
वृद्ध यिनै आमा-बाबाको, मन-मुटु सिएर जाऊ।।

ज्यानकै बाजि थापी, युद्ध मैदानमा जाँदा खेरी,
वीर पुर्खा नेपालीको,स्वाभिमान सम्झिएर जाऊ।।|

पुष्पा धमला


तपाईको प्रतिक्रिया