छोरो आश्रममा भेट्न आएन केही गुनासो छैन मेरो
आयो भने कसरी फर्केला? बाटो खर्च दिन सक्दिन
अरु छैन म संग मट्टीतेलमा डुबेर सहयोग नमाग्नुस्
छातिभरी तपाईंले लगाएको आगो छ दिन सक्दिन
मेरो जिबनको पनि मुल्य रहेछ , बल्ल थाहा पाएँ
जहर माग्दा पसलेले भन्यो सित्तैमा त दिन सक्दिन
Dinesh Mudbari
Gorkha