पनौती – सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या शून्यमा झर्दै छ तर अझैपनि त्यहाँका शिक्षककै कारण विद्यालय बन्द भएको अभिभावक सुनाउँछन् । तर काभ्रेको पनौती नगरपालिका वडा नं १ रयाले भालचन्द्र माध्यामिक विद्यालयका विद्यार्थीहरुले भने एउटा विद्यालय सुर्धान अभिभावकको भुमिका कस्तो हुन्छ भन्ने बिषयमा कचहरी नाटक मार्फत अभिभावक सुधार्ने अभियान सुरु गरेका छन् ।

‘एउटा विद्यार्थीले गृहकार्य नगर्नुमा उसको अभिभावक कत्तिको दोषी हुन्छन्’ त्यसको सन्देश दिने उदेश्यले त्यहाँका विद्यार्थीहरुले अभिभावक बोलाएर कचहरी नाटक देखाएका हुन् । तामाङ समुदायको बाहुल्यता रहेको र तामाङ विद्यार्थीनै धेरै विद्यार्थी अध्ययन गर्ने विद्यालयमा ग्रामीण सामुदायिक संगठन नेपालको सहयोगमा त्यहाँका विद्यार्थीहरुले अभिभावकको दृष्टिकोण सुर्धान तामाङ भाषामै कचहरी देखाएका हुन् ।

मादक पदार्थको सेवनले विद्यार्थीको संख्याका कसरी कमी आँउछ र विद्यार्थीको कस्तो मनोविज्ञान देखा पर्छ त्यसको बारेमा अभिभावकहरुलाई जानकारी गराउने कचहरी नाटक देखाइएको ग्रामीण सामुदायिक संगठन नेपालका कार्यकारी निर्देशक श्रीकृष्ण थापाले बताए । विद्यालयमा एक जना विद्यार्थीको अभिभावकले उसको भविष्य नसोच्दा कस्तो असर पार्ने रहेछ भन्ने सन्देश दिने उदेश्यले तामाङ भाषामै कचहरी देखाइएको हो । कार्यक्रममा सहभागी पनौती नगरपालिका वडा नं ३ का अध्यक्ष किशोर थापाले नगर वालमैत्री उन्मुख बनेको समयमा यस्तो कचहरीले सामाजिक भावना र वालमैत्री स्थानीय शासनको निमित्त सहयोग गरेको बताए ।

कचहरी हेरेपछि पनौती वडा नं २ का अध्यक्ष पुरुषोत्तम अधिकारीले विद्यार्थीले सामाजिक भावनालाई विकास गराउने कार्य गरेको सुनाए । ‘हामीलाई कचहरी मार्फत कसरी कक्षा कोठामा पठाउनु पर्छ भनेर विद्यार्थीले सन्देश दिनु भएको छ ’ विद्यालयका प्रधानाध्यपक ओमप्रकाश वाईवाले भने । नाटकमा देखाएको पात्रको जस्तै आफ्ना विद्यार्थीहरुमा समेत समस्या देखिएकाले अब घरमै गएर अभिभावकहरुलाई समेत सचेतना बनाउने काम गरेको सुनाए ।

कचहरी नाटकको प्रमुख पात्र सोनिका तामाङले हामीले समाजमा परिवारमा र विद्यालयमै बोल्न नसकेको बिषयलाई कचहरी मार्फत समेटेको बताइन् । हाम्रो कुरा बाहिर ल्याउने माध्यम हामीले नाटकलाई बनाएका छौ उनले भनिन् । नाटकको अर्को मुख्यपात्र निरज तामाङले आफ्नो भाषा सस्ँकृतीको जगेर्ना गर्र्दै विग्रिएका अभिभावकहरुलाई सचेत बनाउन कचहरी नाटक देखाएको बताए । ‘ जीवनमा पहिलो पटक नाटक देखाइयो जसले अभिभावक सुर्धानको लागि सहयोग मिल्ने आशा लिएका छौ’ निरजले भने ।


तपाईको प्रतिक्रिया