#गजल
जसलाई फूल दिन्छु बदलामा ऊ बाट पत्थर आउँछ।
यस्तो लाग्छ सियो पठाएँ भनें पक्कै खञ्जर आउँछ ।

कसैको हिम्मत छभने लौन! छुटकारा दिलाइ दिनुस् 
म जहाँ – जहाँ जान्छु म सँगसँगै मेरो खप्पर आउँछ ।

झन्झन् ,झन्झन् सौखिन भएकाछन् मानिसहरू
लास बोक्नु पर्दैन अब मुर्दा लिनलाई बगर आउँछ ।

ए बिज्ञान ! मेरो एउटा मात्र प्रश्नको उत्तर दिएर जाऊ
किन गरिबहरूलाईनै एक पछि अर्को रहर आउँछ ?

ओइ दुख तँ आइस् रपो मैले बाँच्ने अनेकौं उपाय खोजें
मलाई थाहा छ एकदिन त्यो खुशी पनि दोब्बर आउँछ ।।

अम्बिका कार्की अमू
सर्लाही हाल चितवन ।।


तपाईको प्रतिक्रिया