नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाले जिल्लाको बेथानचोक गाउपालिका र नमोबुद्ध नगरपालिकाभित्रका स्वास्थ्य क्षेत्रमा कार्य गर्ने दुर्घटनापछि घाइते अवस्थामा रहेका बिरामीहरुको कसरी उद्धार गर्ने र उनीहरुलाई कसरी जोगाउने भन्ने बिषयमा तालिम दिएको छ ।

मंगलवार पाँचखालमा बीर अस्पताल तथा धुलिखेल अस्पतालका बरिष्ठ डाक्टरहरुको टिमले स्थानीय पालिकाको हेल्थ पोष्टमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई बेहोस भएको अवस्थामा कसरी होसमा ल्याउने, स्वास्थ्य संस्थासम्म कसरी पु¥याउने र एम्बुलेन्समा कस्ता पूर्वाधारको आवश्यकता रहेको छ भनेर पालिकाका हेल्थ पोष्टका स्वास्थ्यकर्मीहरुलाइ तालिम दिएको हो ।

तालिमको उद्घाटन नेपाल फोटो पत्रकार महासंघ प्रदेश नंम्बर ३ का अध्यक्ष केशवराज पौडेलले गरेका थिए । उनले हरेक कुरामा पूर्व तयारी आवश्यक रहेको बताए । विपद्को समयमा पूर्वतयारीको आवश्यकता रहेको छ । पूर्व तयारीको लागि रेडक्रसले गरेको कार्य निक्कै सह्रानिय रहेको पौडेलले बताए ।

कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी काभ्रेका मन्त्री उद्धवप्रसाद पौडेलले एम्बुलेन्स चालकहरुलाई स्वास्थ्यको तालिम दिन आवश्यक रहेको बताए । एम्बुलेन्स चालकले गाडी दौडाउन मात्रै हैन बिरामीको समस्या आएमा उपचार गराउन सक्ने बन्न आवश्यक रहेको छ । जिल्ला सभापति एंव कार्यक्रमका अध्यक्ष रघुवर चौप्रधानले विपद्को समयमा कार्य गर्ने स्वास्थ्यकर्मीहरुलाई सहयोग पुग्ने खालको तालिम संचालन गरेको बताए ।


तपाईको प्रतिक्रिया