काभ्रे – काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ८ गौरापाटीमा करेण्ट लागेर एकको मृत्यू भएको छ ।

गौरापाटी स्थित खानेपानीले राखेको विद्युतको फ्युज बिग्रेकाले ट्रान्समिटरमा चढेर बनाउन जाँदा सोही स्थानको बर्ष ६० का रामशरण अधिकारीको करेण्ट लागेर घटना स्थलमै मृत्य भएको जिल्ला प्रहरी काभ्रेले जानकारी दिएको छ ।

फ्युज मर्मतका लागि ट्रान्समिटरमा चढेका अधिकारीलाई अचानक करेण्ट लागेर ट्रान्समिटरमै टाँसिएर मृत्यु भएको प्रहरीले जनाएको छ । घटना भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय काभ्रे र श्यामपाटी प्रहरी चौकी घटनास्थल पुगी लाश पोष्टमार्टमका लागि बनेपास्थित शीर मेमोरियल अस्पतालमा ल्याएको पनि जिल्ला प्रहरीले जानकारी दिएका छन् ।

घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


तपाईको प्रतिक्रिया