सल्ले – स्थानीय आवश्यकतालाई विशेष महत्व दिएर काभ्रेको भुम्लु गाँउपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेको छ । नेपालको संविधान २०७२ ले स्थानीय सरकार सञ्चालनका लागि एकल तथा संयुक्त अधिकारसहितको व्यवस्था गरेपछि काभ्रेको भुम्लु गाँउपालिकाले जिल्लामै पहिलो पटक स्थानीय पाठ्यक्रम निर्माण गरेको हो ।

स्थानीय तहमा विद्यालय शिक्षाको सञ्चालन तथा स्थानीय पाठ्क्रम निर्माण अधिकार स्थानीय तहले पाएसँगै भुम्लु गाँउपालिकाले एक बर्षको लामो अध्ययन पश्चात एड्रा नेपालको सहयोगमा स्थानीय पाठ्यक्रम निर्माण गरेको हो । काभ्रेमै पहिलो पटक आफूहरुले पाठ्यक्रम बनाएर अर्को बर्षवाट सोही आधारमा कक्षा संचालनको तयारीमा गाँउपालिका रहेको अध्यक्ष गुमानध्वज कँुवरले बताए ।

‘काभ्रेपलाञ्चोक जिल्लामा पहिलो प्रयासकारुपमा स्थानीय पाठ्यक्रम निर्माण तथा कार्यान्वयनमा भुम्लु गाउँपालिकामा भएको सन्दर्भ निश्चय नै खुशीको कुरा हो’ अध्यक्ष कुँवरले भने । स्थानीय पाठ्यक्रम निर्माणमा गाउँपािलकाको शिक्षा समितिको समन्वयमा एड्रा नेपाल र नाङशाल एशोसियसन नेपालको आर्थिक सहयोग तथा ग्लोवल युटिलिटि रिसर्च यूनिट प्रा.लि.को प्राविधिक सहयोमा रहेकोमा सबैलाई उनले धन्यवाद दिएका छन् ।

‘साझा प्रयासमा निर्मित तथा तयार भएको यस पाठ्यक्रमको सफल कार्यान्वयनको अपेक्षा गरेको छु’ अध्यक्ष कुँवरले भने । उनले कार्यान्वयन पश्चात प्राप्त पृष्ठपोषणको आधारमा यसलाई आवश्यक परिमार्जन गरी पाठ्पुस्तक तयारी तथा प्रकाशनका लागि गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग निरन्तर रुपमा हुने र अर्काे बर्षवाट सबै विद्यालयहरुमा पाठ्यक्रम लागू गर्ने तयारीमा गाँउपालिका अघि बढेको छ ।
पहिलो चरणमा बिहिवार गाँउपालिकाको सभाहलमा पाठ्यक्रम निर्माणमा सहयोग गर्ने एड्रा नेपाल तथा गाँउपालिकाको शिक्षा शाखाका प्रमुख रमेशराज खरेललाई ग्लोवल युटिलिटि रिसर्च यूनिट प्रा.लिका प्रमुख माधव तिमल्सिनाले पाठ्यक्रम बुझाएका छन् । उनले लामो समयको मेहनत, भुगोलको आधारित रहेर यहाँको आवश्यताको आधारमा पाठ्यक्रम तयार भएको र सोही आधारमा अब स्थानीय तहले पाठ्यक्रम बनाएर सोही आधारमा कक्षा संचालन गर्न सक्ने बताए । उनले पहिलो चरणमा आफूहरुले शिक्षकहरुसँग अन्तरकृया सुरु गरेको र उहाँहरुकै सुझावको आधारमा पाठ्यक्रम निर्माणमा सहयोग हुने बताए ।

हामीले विद्यार्थीहरुका लागि आवश्यक रहेको बिषयहरु समेटेर स्थानीय पाठ्यक्रम निर्माण गरेका छौ सोही आधारमा विज्ञहरुसँगको सल्लाहमा काम गरिरहेका छौ । विज्ञ व्यक्तित्वहरुले समेत भुम्लुमा स्थानीय पाठ्यक्रम लागू हुँदा फाईदा पुग्ने बिषयमा बहस चलाएका छन् । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक नारायण पौडेलले स्थानीय पाठ्यक्रम जीवनउपयोगी शिक्षा भएको बताए । विज्ञ समुहले लामो समयको सल्लाह सुझावलाई आधार पाठ्यक्रम तयार भएकाले त्यसलाई लागू गर्नको लागि तयार हुन गाँउपालिकालाई अनुरोध गरे ।
शिक्षा समितिका प्रमुख रमेशराज खरेलले सबैको सहयोगवाट मात्रै स्थानीय पाठ्यक्रम लागू गर्न सकिने बताए । सबैभन्दा पहिला शिक्षकहरु तयार हुन सकेमा त्यो व्यवहारिक रुपमै लागू हुने बताए ।

काभ्रेको कोशीपारिमा पुनः निर्माणमा लागेको समयमा एड्रा नेपालले विपदमा काम गरेको समयमा पाठ्यक्रममै विपद् र सरसफाइका बिषय राख्न पाएमा औधी राम्रो हुन्थ्यो भनेर प्रयास स्वरुप त्यो कार्यमा सहयोग गरेको एड्रा नेपालका राजन पौडेलले बताए । स्थानीय पाठ्यक्रम निर्माण भएसँगै अब आगामी शैक्षिक शत्रवाट त्यसको व्यावहारिक रुपमै कार्यान्वयनको तयारीमा गाँउपालिका लागेको भुम्लु गाँउपालिकाका प्रेस सल्लाहकार केशवराज पौडेलले बताए । उनले गाँउपालिकाले अब बन्ने बजेटसँगै नीति तथा कार्यक्रममा सो बिषयहरुलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।


तपाईको प्रतिक्रिया