पनौती – काभ्रेको ऐतिहासिक तथा पूरातात्विक शहरको रुपमा रहेको पनौती नगरपालिकाले गौरवको आयोजनाको रुपमा सुरु गरेको पुण्यमाता करिडोरको काम धमाधम भैरहेको छ ।

बसपार्कदेखि नगरपालिकाको सिमाना छाला कारखानासम्मको पुण्यमाता खोला करिडोरमा वाल लगाउने काम भैरहेको छ । ठेक्का मार्फत यो बर्षमा एक तर्फ वाल लगाउने काम भैरहेको मेयर भिम न्यौपानेले बताए । यसअघि उपभोक्ता समिति मार्फत पुण्यमाता करिडोरको ट्राक खोल्ने काम लगत्तै ७ करोडको लागतमा ढलमलेसम्म वाल लगाउने काम भैरहेको छ ।

आगामी बर्षदेखि बहुबर्षिया आयोजनाको रुपमा काम अघि बढाउने काम भैरहेको मेयर न्यौपानेले बताए । सो सडक निर्माणसँगै पनौतीमा वैकल्पिक सडक बन्ने र पनौती सडकको चाप कम हुनेछ ।


तपाईको प्रतिक्रिया