रसुवा – रसुवामा सोमबार साँझ टाटा सुमो दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । ४ जना घाइते भएका छन् ।

पोखराबाट रसुवाको गोल्जुङ जाँदै गरेको बा १० च ५८२० नम्बरको टाटा सुमो मैलुङ–स्याफ्रु सडक खण्डअन्तर्गत गुम्चेतमा दुर्घटना भएको हो । दुर्घटनामा परेर ३ जना बेपत्ता भएका छन् । २ जना सकुशल रहेका घटनास्थलमा रहेका स्थानीय महेश्वर आचार्यले बताउनुभयो ।

नेपाल प्रहरी र नेपाली सेनाको टोलीले घाइतेको उद्धार गरिरहेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।


तपाईको प्रतिक्रिया