काठमाण्डौ – ‘नेपाल सेल्स मिसन यूरोप-२०१९’ सफलतापूर्वक सम्पन्न भएको छ । वार्सामा मे २७, भियनामा मे २९ र म्यूनिखमा मे ३१ गरी तीन ठाउँमा नेपाल सेल्स मिसन भएकाे थियाे ।  नेपाल पर्यटन बोर्डले गरेको सेल्स मिसनमा दुई नेपाली ट्राभल कम्पनीहरु- ‘द एक्सप्लोर नेपाल’ र ‘इन्टरटु्र्स नेपाल’ को सहभागिता रहेको थियो । नेपाली व्यवसायीहरुले युरोपियन समकक्षी टुर अपरेटरहरुसँग सम्बन्ध विस्तार र व्यवसाय वृद्धि गरी नेपालमा धेरै संख्यामा पर्यटक भित्र्याउने सेल्स मिसनको उद्देश्य रहेको छ ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक दिवाकरविक्रम राणाले सेल्स मिशनमा गन्तव्य प्रस्तुतीकरण दिनुभएको थियो । जसमा नेपालका विभिन्न पर्यटकीय आकर्षणहरु समावेश गरिएका थिए । कार्यक्रममा विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको पनि सहभागिता उल्लेखनीय थियो । कार्यक्रममा सहभागीहरु भएकाहरु नेपाल भ्रमण वर्ष २०२० लिएर अभियानका बारेमा जान्न उत्सुक देखिन्थे ।

जर्मनीका लागि नेपाली राजदूत रमेशप्रसाद खनालले यस्तो सेल्स मिसनले युरोपका पर्यटन व्यवसायीहरुसँगको सम्बन्धमा घनिष्टता बढाई नेपाली बजार बलियो र विस्तार गर्ने बताउनुभयो ।
नेपाल पर्यटन बोर्डद्वारा सेल्स मिसनमा सहभागीहरु मध्येबाट हरेक शहरमा २ जना विजेतालाई नेपाल भ्रमण प्याकेज प्रायोजन गरिएको थियो ।


तपाईको प्रतिक्रिया