बनेपा – काभ्रेको बनेपामा सकृय रहेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले एर्सईई परिक्षा दिएर बसेका विद्यार्थीहरुको जेठ ३२ गते देखी म्याराथुन प्रतियोगिता आयोजना गरेको छ ।

एर्सईई परिक्षापछिको समयमा विद्यार्थीहरुमा नैराश्यता पलाउने, खाली समय धेरै हुने कारणले दुव्र्यसनको अत्याधिक जोखिम हुने भएकाले ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले काभ्रेको इतिहासमै पहिलो पटक ज्ञानकुञ्ज म्याराथुनको आयोजना गरेको बताए । ‘विद्यार्थीहरुमा प्रतिस्पर्धाको भावनाको विकास गराउँदै उनीहरुलाई कुलतको जोखिम कम गराउन म्याराथुनको आयोजना गरेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण वैद्यले बताए ।

नेपालभरीकै एसईइ परिक्षा दिएर बसेका विद्यार्थीहरुले म्याराथुनमा सहभागी बन्न पाउनेछन् । प्रतियोगिता छात्रा र छात्र दुबै विधामा संचालन हुनेछ । ज्ञानकुञ्ज म्याराथुनमा प्रथम हुने विद्यार्थीले १५ हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार पाउनेछन् ।

किल एडिकसन, स्टे हेल्दीको नारा बोकेर आयोजना हुन लागेको म्याराथुन आगामी जेठ ३२ गते बनेपामा संचालन हुने ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका निर्देशक प्रताप वैद्यले बताए । प्रतियोगिताको छात्र तर्फ ६ किलोमिटर लामो म्याराथुन हुनेछ भने छात्रातर्फ ३ किलोमिटरको हुनेछ । म्याराथुनमा सहभागी हुन चाहने विद्यार्थीले यो पटक एसईई परिक्षामा सहभागी भएको प्रमाण पेश गरेर सहभागी बन्न सक्नु हुनेछ ।


तपाईको प्रतिक्रिया