काठमाण्डौ – पहिरोका कारण अवरुद्ध भएको काठमाण्डाै हेटौँडा जोड्ने कान्ति लोकपथ झण्डै १५ घण्टापछि खुलेको छ ।

डोजर लगाएर पहिरो पन्छाएपछि बिहान साढे ९ बजेदेखि कान्ति लोकपथमा गाडी सञ्चालन भएको प्रहरीले जनाएको छ । अहिले दुइतर्फी रुपमा नै गाडी चलिरहेका छन् ।

मकवानपुरको बकैया गाउँपालिकाको ठिंगनमा र ललितपुरका तीन ठाउँमा बिहीबार बेलुका पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।


तपाईको प्रतिक्रिया