मकवानपुर – पहिरोका कारण काठमाण्डौ–हेटौँडा जोड्ने कान्ति लोकपथ अवरुद्ध भएको छ ।

मकवानपुरको बकैया गाउँपालिकाको ठिंगनमा र ललितपुरतर्फ सडकखण्डको तीन ठाउँमा बिहीबार बेलुका पहिरो खसेपछि सडक अवरुद्ध भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिनुभयो ।

यो खण्डमा अहिले साना ठूला कुनैपनि गाडी चलेका छैनन् । पहिरो पन्छाउन पहल भइरहेको पनि प्रहरीले जनाएको छ ।


तपाईको प्रतिक्रिया