डोटी – जोरायल गाउँपालिका –३ मा आगलागीमा परेर एक जना महिलाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार सुनिखोला बस्ने आन्दाजी ३५/३६ वर्षकी दुर्गादेवी साहुँको आगलागीमा परेर ज्यान गएको हो ।

गाउँ नजिकैको जंगलमा लागेको आगो निभाउन जाँदा उनी आगोमा परेकी थिइन् । आगोमा परेर घाइते भएकी साहुँलाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।

डोटीमा गएको एक महिनादेखि जंगलमा भिषण आगलागी भएको छ । आगलागी नियन्त्रणका लागि प्रयास भैरहेपनि आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । आगलागीका कारण यहाँका विभिन्न सामुदायिक तथा कबुलियती वन गरी करिब ७ सय ८० हेक्टर बन सखाप भएको डिभिजन वन कार्यालय डोटीले जनाएको छ ।


तपाईको प्रतिक्रिया