धादिङको थाक्रे गाउँपालिका १ खयरघारीमा एउटा पर्यटक बस सडकबाट खोलामा खसेको छ ।

सुनौलीबाट काठमाडौंतर्फ आउँदै गरेको बा १ प १३६३ नम्बरको बस सडकबाट महेशखोलामा खसेको धादिङका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

घटनास्थलमा प्रहरी टोली पुगिसकेको र थप विवरण आउन बाँकी रहेको उनले बताए ।


तपाईको प्रतिक्रिया