बेथानचोक – बेथानचोक गाउँपालिकाको आयोजनामा आगामी जेष्ठ २२ गते देखि २६ गतेसम्म दोश्रो बेथान्चोक कप जिल्ला स्तरीय आमन्त्रण पुरुष भलिबल प्रतियोगिता २०७६ हुने भएको छ ।

बनेपामा आयोजित पत्रकार सम्मेलनमा बेथानचोक खेलकुद विकास समितिका अध्यक्ष वीरबहादुर लामा र कार्यक्रम संयोजक सिताराम तिमल्सिना (प्रमोद) ले प्रतियोगिताका बारेमा जानकारी गराएका थिए । प्रतियोगितामा प्रथम हुने टिमले ४० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र वितरण हुनेछ भने दोश्रो हुनेले २५ हजार प्राप्त गर्नेछ । तेश्रो हुने सेमिफाईनलका दुबै उपविजेतालाई १०÷१० हजार रुपैया उपलब्ध गराईनेछ । प्रत्येक खेलमा म्यान अफ दि म्याच छनौट गरी आर्कषक पुरस्कार वितरण गरिनेछ ।

बेस्ट डिफेन्स, बेस्ट सेटर, बेस्ट ब्लकर, बेस्ट स्पाईकर र सर्वाेत्कृष्ट खेलाडी छनौट गरी ट्रफि र प्रमाणपत्र प्रदान गरिनेछ । बेथान्चोक खेलकुद विकास समितिले प्रथम बेथान्चोक अध्यक्ष कप वडा स्तरीय फुटबल प्रतियोगिता सम्पन्न गरेको थियो ।

प्रतियोगिताका लागि गाउँपालिकाले ४ लाख रुपैया प्रदान गरेको छ ।


तपाईको प्रतिक्रिया