फलामेटार – नेपाल कम्युनिष्ट पाटीको स्थायी कमिटि सदस्य अष्टलक्ष्मी शाक्यको प्रमुख आतिथ्यतामा काभ्रेको विकट खानीखोला गाँउपालिकाको फलामेटारमा स्वास्थ्य चौकी स्थानीयलाई हस्तान्तरण गरिएको छ ।

स्वास्थ्यचौकी उद्घाटन गर्न ५ घन्टाको लामो कष्टकर र कठिन यात्रापछि फलामेटार पुग्न सकिन्छ । स्वास्थ्यचौकी हस्तान्तरण कार्यक्रमका अधिकाशं सहभागी महिला थिए । कारण फलामेटारमा बर्थिङ सेन्टर सुविधाको स्वास्थ्य संस्थाको अभाव थियो । महिलाहरुलाई सुत्केरी सेवा लिन बनेपा, पनौती, धुलिखेल आएर डेरा खोजेर बस्नु पर्दथ्र्याे । स्वास्थ्य संस्थाको उद्घाटनसँग धेरै रोचक कुरा जोडिएका थिए । गाँउपालिका अध्यक्ष कृष्ण खुलाल अष्टलक्ष्मी शाक्यलाई लिएर पनौतीवाट आउँदै हुनुहुन्थ्यो भने उपाध्यक्ष खानीखोलाको तालढुंगावाट हिडेर आउँदै हुनुहुन्थ्यो । काभ्रेको विकट खानीखोलाको केन्द्र तालढुंगावाट स्वास्थ्यचौकीको उद्घाटन कार्यक्रममा भाग लिन दुई घन्टा पैदल हिडेर उपाध्यक्ष रुक्मणी गुरुङ कार्यक्रमस्थलमै आइपुगिन् । हिडेर आँउदा उपाध्यक्ष गुुरुङ दुखित थिईनन्,मुख हसिलो थियो ।

स्वास्थ्य केन्द्रको भवन अघि आएर हर्षले भावविहोल बन्दै भनिन,‘ मेरो गाँउपालिकाको फँलामेटारका आमाहरु गर्भवती भएकै भरमा र भर्खर जन्मिएका शिशुहरु उपचार नभएर मर्ने छैनन् ।’ खानीखोला गाँउपालिका–२ फलामेटारमा कोरियन रेडक्रसको सहयोगमा निर्माण भएको स्वास्थ्यचौकीको उद्घाटन नेकपाको नेता एंव पूर्वमन्त्री अष्टलक्ष्मी शाक्यले उद्घाटन गर्ने कार्यक्रममा भाग लिन उनले दुई घन्टाको पैदल रोजिन् । ‘ गाँउपालिका अध्यक्ष प्रमुख अतिथीलाई लिएर पनौतीवाट आउनु भयो म हिडेर आए’ उपाध्यक्ष गुरुङले भनिन् । ‘मसँगै दुई घन्टाको पैदलमा दर्जनौ आमाहरु साना बच्चा बोकेर स्वास्थ्यचौकी हेर्न आउनु भएको छ’ उपाध्यक्ष गुरुङले सुनाईन् । उनले अब फलामेटारका आमाहरु प्रसुती पिडामै मर्नु नपर्ने दिन आएको भन्दै औधी खुसी भईन् । ‘ बार्षिक १० जना बालबालिका अकालमा ज्यान जाने गरेकोमा अब आमा र बच्चाले राम्रो उपचार पाउने विश्वास छ’ उपाध्यक्ष गुरुङले भनिन् ।

गाँउमा बर्थिङ सेन्टरको अभावमा पाँच घन्टाको पैदल हिडेर स्वास्थ्य संस्थामा जानु पर्दथ्यो गाँउमै स्वास्थ्य सेवा पाउने भएकोमा खुसी लागेको छ उनले सुनाईन् । ‘पनौती र धुलिखेलमा गर्भवती गराउन मात्रै पनि डेरा खोजेर राख्नु पर्दथ्र्यो अब त्यो समस्याको अन्त्य भयो’ गुरुङले खुसी व्यक्त गरिन् । ‘काभ्रे हामीले देखेको जस्तो मात्रै रहेनछ,विकट दुर्गम डाँडापारि रहेछ’ प्रमुख अतिथी नेकपाको नेतृ शाक्यले भनिन् ‘ यो क्षेत्रको विकासको लागि मेरो ठाँउवाट सकेको सहयोग गर्नेछु ।’ उनले डाँडापारिको विकास गराउन सडकको स्तरोन्नती गर्न आवश्यक देखिएकाले संघीय सरकार तथा प्रदेश सरकार मार्फत सहयोग गर्ने शाक्यले भनिन् । गाँउपालिका अध्यक्ष कृष्ण खुलालले स्वास्थ्य संस्थासम्म एक बर्षभित्र मोटरबाटो खन्ने बताए । ‘अब केही किलोमिटर जोडिएपछि फलामेटारसम्म एम्बुलेन्स संचालन हुनेछ’ अध्यक्ष खुलालले भने । फलामेटारका स्थानीय ईन्द्रबहादुर थिङले गाँउपालिकामा अझैपनि सुविधासम्पन्न मोटरवाटोको अभाव कायमै रहेको बताए ।

‘गाँउमा स्वास्थ्यचौकी आएसँगै आमाहरु सुरक्षित सुत्केरी हुनेमा ढुक्क छु’ थिङले भने । स्थानीय शेखर लामाले डाँडापारिमा अझैपनि अत्यावश्यक सेवाको विस्तार भै नसकेको बताए । यस्तो अवस्थामा गाँउपालिकाको विटक गाँउमा अत्याधुनिक भवन बन्नु राम्रो कुरा रहेको सुनाउँदै त्यसले आमा र बच्चाको स्वास्थ्यमा टेवा पुग्ने आशा व्यक्त गरे । नेपाल रेडक्रस सोसाइटी काभ्रेका सभापति रघुवर चौप्रधानले कोरियन रेडक्रसको सहयोगमा आवश्यक रहेको ठाँउमा भवन बनाएर आवश्यक उपकरण दिन पाएकोमा खुसी लागेको बताए ।

कार्यक्रममा बोल्दै नेकपा काभ्रेका नेता दैवलाल घिसिङले गाँउमा स्वास्थ्य केन्द्रसम्म आउने सडक निर्माण भएमा अझ धेरै सेवा पाउन सक्ने कुराको जानकारी प्रमुख अतिथीलाई गराएकी थिईन् । कार्यक्रममा पूर्व सांसद अक्कलबहादुर थिङले मन्तव्य राखेका थिए । कार्यक्रम संचालन नेपाल रेडक्रस सोसाईटी काभ्रेका मन्त्री उद्धवप्रसाद पौडेलले गरेका थिए ।


तपाईको प्रतिक्रिया