सिरहा – सिरहा जिल्लाको मिर्चैया नजिक मेनरोड सडकखण्डमा गएराति करीब १०ः२५ बजे बस र ट्रक ठाेक्किँदा दुई जनाकाे घटनास्थलमै ज्यान गएकाे छ भने २५ जना घाइते भएका छन् ।

पूर्वबाट काठमाण्डाै हिँडेको ना८ख ९८२ नम्बरको बस र पश्चिमबाट पूर्वतर्फ गइरहेको ना३ख ४२६४ नम्बरको ट्रक एकापसमा ठोक्किएका थिए ।

दुर्घटनामा बसमा रहेका सबै २५ यात्रु घाइते भएका छन् । घाइतेको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । मृतक दुवैको सनाखत नभएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जानकारी दिएको छ ।


तपाईको प्रतिक्रिया