पनौती – पनौती नगरपालिका कृषि तथा पशुपन्छी शाखाले कृषक समुहहरुलाई उन्नत जातको बोका बितरण गर्न थालेको छ । नगरपालिकाको प्रबिधिक सहितको टोलीले प्युठानबाट खरिद गरेर ल्याएका बोका नगर प्रमुख भिम न्यौपानेको हातबाट बिशिबार बितरण गरिएको थियो ।

नगरभित्र वडा नं १,२,६,९ र १२ का किसानहरुलाई ५ ओटा बोयर जातको बोका बितरण गरिएको थियो । नगरपालिकाले बाख्रापालन किसानहरुको उत्पादनमा बृद्धि गर्नको लागि नगरले यस्तो योजना ल्याएको नगर प्रमुख मेयर भिम न्यौपानेले बताए । नगरले बोकामा अनुदान ७५ प्रतिशत र २५ प्रतिशत किसान समुहले तिर्ने गरि बितरण गरिएको मेयर न्यौपानेले बताए ।

पनौती नगरपालिकाले कृषि र पशुपालनको लागि उत्पादन बृद्धि गराउनको लागि बिभिन्न शिर्षकहरुमा अनुदान दिदै आएको छ । काभ्रेको पनौती नगरपालिका कृषि क्षेत्रको लागि धेरै सम्भावना भएको एक मात्र नगरपालिका हो ।


तपाईको प्रतिक्रिया