धुलिखेल – आलु उत्पादको पकड क्षेत्र मानिने काभ्रे जिल्लामा यसबर्षको आलु उत्पादनक किसानहरू त्यति सन्तुष्टि देखिएका छैनन् । विगतको तुलनामा आलु कम फल्ने र फलेको सिजनमा भाउ नपाउने भएपछि आलु उत्पादक किसानहरु चिन्तित बनेका हुन् ।

यस बर्ष आलु खन्ने सिजनमा असिना पानी परेका कारणले पनि आलु उत्पादनमा कमी आएको किसानहरू बताउँछन् । उत्पादन भएको आलुको पनि सोचे जस्तो मूल्य नपाउँदा किसानहरू झनै चिन्तित बनेको छन् । अहिले काभ्रे जिल्लामा आलु ५० देखि ६० रुपैयाँ प्रतिधार्निमा विक्री हुने गरेको छ । तर बजारमा भने त्यही आलु उपभोक्त्ताहरूले प्रतिधार्नी ८० देखि ९० रुपैयाँसम्म तिर्नु परेको बताउँछन् । सुपरजोन(आलु) बनेपा कार्यालयका अनुसार काभ्रे जिल्लामा नौ हजार हेक्टर जमिनमा आलु खेति हुने र बार्षिक एक लाख ८२ हजार मेट्रिक टन आलु उत्पादन हुने गरेको छ । भने यस बर्ष आलु उत्पादनमा समेत कमी आउने देखिन्छ ।

काभ्रे जिल्लाको पाँचखाल, पनौती, खोपासी, नाला, बनेपा, ढुंखर्क, कुन्तावेशी, धुलिखेल लगायतका ठाउँहरुमा आलु खेति हुँदै आएका छन् । जिल्लामा उत्पादित आलु जिल्ला लगायत काठमाडौ र पोखरा लगायतका बजारमा खपत हुने गरेको छ ।


तपाईको प्रतिक्रिया