धुलिखेल – काभ्रेको महत्वपुर्ण चारओटा नगरपालिकालाइ जोड्ने अरनिको राजमार्गको वैकल्पिक सडक सुरुवात गरेको छ । पूर्व सांसद विदुर सापकोटाको पहलमा सुरु भएको सो सडकलाई प्रदेश सभाका सांसद लक्ष्मण लम्सालको अगुवाइमा २ करोड ७० लाख रकम विनियोजन भएसँगै सडक निर्माणको सुरुवात भएको छ ।

काभ्रेको धुलिखेल,पाँचखाल, मण्डनदेउपुर र बनेपा नगरपालिका जोड्ने सडकको रुपमा रहेकोे रवी, डुडामुख देविटार घुमाउनेचौर फेदीसम्म पुग्ने सडकको शिलान्यास गरिएको छ । आज प्रदेश नं ३ संसद लक्ष्मण लम्सालको प्रमुख आतिथ्यतामा उक्त सडकको शिलान्यास गरिएको हो । प्रदेश सरकारबाट २ करोड ७० लाख बजेटमा निर्माण हुने सडकको लागि प्रदेश सभामा सांसद लम्सालले विशेष पहल गरेका हुन् ।

२५ किलोमिटर लामो सडक निर्माण हुनेछ । सो सडकको डिपिआर तयार भैरहेको सांसद लम्सालले बताए । अरनिको राजमार्गको वैकल्पिक सडक रुपमा विस्तार भएसँगै सो क्षेत्रको माथिल्लो भेगको कृषि उपज बजारसम्म ल्याउन सहयोग पुग्ने छ । सडक शिल्यान्यास गर्दै सांसद लम्सालले आफ्नो निर्वाचन क्षेत्रको सबैभन्दा महत्वपुर्णं सडकको रुपमा सो सडकलाई अघि बढेको बताउँदै सो सडकले त्यहाँका कृषि उत्पादनलाई बजारसम्म ल्याउन सहज हुने विश्वास व्यक्त गरे । उनले सडक निर्माणपछि अरनिको राजमर्गमा सवारीको चाप कम हुने बताए ।

उक्त कार्यक्रममा धुलिखेल नगरपालिका उपप्रमुख बिमलाकुमारी शार्माले यो सडक निर्माण संगै ३ नगरपालिका धेरै समुदायले लाभ लिन सकिने बताइन । यो सडक निर्माण कार्यलाई सबै मिलेर बढाउनको लागि सहयोग गर्न समेत आग्रह गरे । उक्त कार्यक्रममा धुलिखेल नगरपालिका वडा नं १ अध्यक्ष रमेश घोरसाइने, वडा नं २ का कार्यवाहक अध्यक्ष अर्जुन न्यौपाने लगायतकाले सडक निर्माणपछि सो क्षेत्रको विकासमा सहयोग पुग्ने बताएका छन् ।


तपाईको प्रतिक्रिया