धुलिखेल – रोशी गाउँपालिका वडा न. १० वाल्टिङ्गस्थित भाङ्गेटारमा दुई जनाको शव जलेको अवस्थामा फेला परेको छ ।

खानेपानी मर्मतमा गएका २ जना व्यक्ति मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

रहस्यमय तरिकाबाट मृत अवस्थामा २ जनाको शव एक सहित एक कुकुर पनि मृत भेटिएको रोशी गाउँपालिकाका वडा नम्बर १० का वडाध्यक्ष दुधराज तामाङले बताए । उनका अनुसार मृत फेला पर्नेमा ५० बर्षका सन्चर सिं लामा र बर्ष ४० को नर बहादुर लामाको शव भेटिएको बताइएको छ ।

मृतकको शरीर सहित घटनास्थल वरपर आगोले डढेको अबस्थामा भेटिएको छ । प्रहरी टोलीले घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


तपाईको प्रतिक्रिया