धुलिखेल – अमरकृष्ण चन्द निर्देशित सामाजिक कथामा आधारित सचेतना मुलक सडक नाटक ‘पश्चाताप’को प्रदर्शन भएको छ ।

विशुद्ध सामाजिक विषयवस्तुलाई प्रस्तुत गरिएको नाटक ‘पश्चाताप’ भुम्लु र मण्डन देउपुरमा प्रदर्शन भएको हो । भुम्लुको प्रकाश मावि र मण्डन देउपुर कुन्तावेशीको डेडीथुम्का मावि कुन्तावेशीमा प्रदर्शन गरिएको उक्त नाटकमा चिरा चिरा परेको असुरक्षित जोखिमयुक्त घर तथा गोठको प्रयोगले हुन सक्ने क्षतिको विषयलाई सरल ढङ्गले नाटकमा प्रस्तुत गरिएको थियो ।

सचेतना मूलक सडक नाटक ‘पत्तचाताप’ समाज विकासका लागि सहयोगी हातहरु नामक संस्थाले प्रस्तुत गरेको हो । ‘पश्चाताप’ मा अमरकृष्ण चन्द, चर्चित हाँस्य कलाकार गणेश केसी, मालती कुवँर, सुन्दरी लामा, सुनिल जिम्बा, रामशरण भण्डारीले सशक्त अभिनय गरेका थिए । नाटकको लेखन कमल दाहालले गरेका थिए भने निर्देशन अमरकृष्ण चन्दको रहेको थियो ।

नाङसाल एसोशिएसन नेपाल धुलिखेलको आयोजना तथा आड्रा नेपालको सहयोग अनि नाट्यकर्मी महासंघ काभ्रेको प्राविधिक सहयोगमा तयार सडक नाटक ‘पश्चाताप’ ले विद्यालयमा अध्ययनरत विद्यार्थीहरु मार्फत अभिभावक तथा समाजमा सकारत्मक सन्देश पु¥याउने अभिप्रायले नाटक प्रस्तुत गरिएको नाङसाल एसोसिएसन धुलिखेल, काभ्रेका कार्यक्रम निर्देशक श्याम लामाले बताए ।

नाटकको माध्यमबाट आम जनमानसमा चर्किएर चिरा चिरा परेको घरमा बस्न र चौपायाहरु राख्न उपयुक्त नहुने सन्देश दिन खोजेका लामा बताउँछन् । नाटकमा २०७४ सालको भुकम्प पछि चिरचिर परेको जोखिम युक्त घरमा अझै पनि मानिसहरु बस्दै आएको, मानिस नवसे चौपाया पाल्ने गर्दै आएको यथार्थलाई प्रस्तुत गरिएको थियो ।

जसले निम्त्याउन सक्ने दुर्घटनालाई नाटकको विषयवस्तुमा समेटिएको थियो । नाटक हेरेपछि विद्यार्थी तथा शिक्षकहरुले यस्ता नाटकहरु समाजमा सचेतना फैलाउन प्रभावकारी हुने धारणा राखे ।


तपाईको प्रतिक्रिया