चितवन – चितवनको भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. विश्वबन्धु बगाले नियुक्त भएका छन् । उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको मन्त्रीस्तरीय निर्णयबाट डा बगाले मेसु नियुक्त भएका हुन् ।

यसअघि मेसु रहेका डा. कृष्णप्रसाद पौडेललाई हटाएर मन्त्री यादवले बालरोग विशेषज्ञ डा. बगालेलाई जिम्मेवारी दिएका हुन् । डा. बगाले १० औं तहका चिकित्सक हुन् । सरकारले भरतपुर अस्पताललाई गत माघ ७ गते विशिष्ट सेवासहितको विषेशज्ञ सेवा दिने अस्पताल घोषणा गरेको थियो ।

नवनियुक्त मेसु डा. बगालेले भरतपुर अस्पताललाई सरकारले घोषणा गरेअनुसार नै विशेषज्ञ सेवासहितको विशेषज्ञ अस्पताल बनाएर सेवा प्रवाहलाई चुस्त पारिने बताए । अस्पतालको विकास र विस्तारका लागि काम अगाडि बढाइने डा. बगालेले बताए ।


तपाईको प्रतिक्रिया