स्याङ्जा –जबरजस्ती करणीको आरोपमा पक्राउ परेका ७१ वर्षीय वृद्ध पूर्पक्षका लागि जिल्ला कारागार चलान भएका छन् ।

स्याङ्जाको विरुवा गाउँपालिकाका एक बृद्धलाई आइतबार पूर्पक्षका लागि जिल्ला कारागार चलान गरिएको हो । २०७५ असोज २६ गते १७ वर्षीया बालिकालाई जबरजस्ती गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

बालिकालाई निरन्तर जबर्जस्ती करणी गर्दै आएको पीडित पक्षले प्रहरीमा जाहेरी दिएपछि जिल्ला अदालतमा जबरजस्ती करणी मुद्धा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवत्ता प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो । अपराधी वृद्ध भएकाले नाम नखुलाइएकाे नायब उपरीक्षक भण्डारीले बताउनुभयाे ।


तपाईको प्रतिक्रिया