धुलिखेल – नेपाल अटोमोटिभ ईन्जिनियरस र काठमाण्डौ विश्व विद्यालयको आयोजनामा सडकमार्गको व्यवस्थापन सम्बन्धी दुई दिने राष्टिय सम्मेलन आजदेखी काठमाण्डौ विश्वविद्यालयको Auditorium Hall मा शुरु भएको छ ।

नेकपाका नेता योगेश भट्टराईले सम्मेलनको उद्घाटन गर्दै सार्वजानिक नीजी लगायतका सवारी साधनलाई कसरी बढी भन्दा बढी प्रभावकारी एवं सुरक्षित गर्न सकिन्छ भन्ने बिषयमा जोड दिनुभएको छ । उहाले आधुनिक प्रविधिहरूलाई भित्राउँदै सुरक्षित यात्राको वातावरण कसरी बनाउने, मानवका आवश्यकता लाई कसरी परिपुर्ति गर्ने भन्ने बिषयमा नेपाल जस्तो मुलुकमा गम्भीर चुनौती रहेको बताए ।

सडक मार्गमा अटोमोबाईल क्षेत्रको विकास, प्रविधि, उत्पादन, र सेवालाई सार्वजानिक गर्ने, ज्ञान अनुभव सिप र पहुँच हस्तान्तरण गर्ने शैक्षिक संस्थाहरू, पेशागत र व्यवस्थापकीय संगठनहरूको बिच सहकार्य गर्ने उदेश्य राखी सम्मेलनको आयोजना गरेको आयोजकले जनाएको छ ।

उक्त सम्मेलनमा प्रदेश नं ३ का सभा सदस्य माननीय संसद लक्ष्मण लम्साल, प्रदेश नं ३ का सभा सदस्य माननीय संसद चन्द्र लामा, साझा यातायातको अध्यक्ष कनक मणी बिछित, पूर्व मन्त्री गणेश शाह लगायतको उपस्थिती रहेको थियो ।

काठमाण्डौ विश्वविद्यालय, इन्स्च्यिुट अफ अटोमोटिभ इन्जिनियरस नेपाल, नासा, सडक विभाग, यातायात व्यवस्था विभाग, नेपाल इन्जिनियरिङ ईन्डिया, श्रीलंका तथा फिस्टाका १५० जना प्रतिनिधिहरू कार्यक्रममा सहभागी रहेका छन् । भोली सम्म हुने कार्यक्रममा १२ वटा प्रपोजल प्रस्तुत हुने आयोजकले जनाएका छन् ।


तपाईको प्रतिक्रिया