काठमाडौ – लघु कथामा आधारित “उनी मेरो जिन्दगी” निर्माण हुने भएको छ । राजा रानी डिजिटलको प्रस्तुतिमा लघु कथामा आधारित चलचित्र उनी मेरो जिन्दगीलाइ खड्क प्रसाद दाहाल ले र तारा दाहालले निर्माण गर्ने भएका हुन ।

सम्राट दहालको कथा तथा निर्देशनमा बन्न लागेको चलचित्रमा मोडल सबिन गौतमको मुख्य भुमिका रहेको छ भने नायिकामा भने आशा शाही ठकुरीको मुख्य भुमिका रहेको छ । काठमाडौमा एक कार्यक्रमको आयोजना गर्दै निर्देशक दाहालले उनी मेरो जिन्दगी प्रेम कथा तथा लघु कथामा आधारित फिल्म भएको हुनाले दर्शकहरुले मन पराउने छन भन्ने मा ढुक्क रहेको बताएका छन ।

कार्यक्रममा बोल्दै निर्माता खड्क प्रसाद दाहालले सम्पुर्ण टिमले यो चलचित्र बनाउनमा आफुले सकेको मिहेनत गर्ने बताए छन । नायकको सबिन गौतमले विभिन्न म्युजिक भिडियोहरुमा अभिनय गरेता पनि उक्त फिल्म बाट चलचित्रमा डेब्यु गर्ने भएकोले निकै मेहनत गर्ने बताएका छन । विभिन्न चलचित्र अभिनय गरिसकेका बि कुमार गहतराजलाई भने भिलेनको रुपमा देख्न सकिने छ ।

उक्त चलचित्रमा कर्ण बहादुर मगर को र ममता लामा को पनि भुमिका रहेको छ । विभिन्न म्युजिक भिडियोहरुमा अभिनय गरिसकेका मोडल सबिन गौतमले यसै फिल्मबाट डेब्यु गर्दैछ । उनी मेरो जिन्दगी लघु आधारित चलचित्र काठमाडौ ,चितवन तथा काभ्रेको विभिन्न रमणीय स्थानहरु मा छयाङकन गरिने निर्देशक दाहालले बताएका छ।


तपाईको प्रतिक्रिया