दोलालघाट – आफ्नो गाँउपालिकामा कस्तो खालको खेतीबाली गर्ने भनेर हरेक बडामा संकलन गरेको माटो परिक्षण सुरु गरेको छ ।

चौरीदेउराली गाउपालिका आयोजित केन्द्रिय कृषि प्रयोगशालाको सहयोगमा ३ दिन सम्म माटो परिक्षण शिबिर संचालन भैरहेको छ । बुधवारवाट दोलालघाटमा शिविर सुरु भएको छ ।

चौरी देउरली गाउपालिकाको ९ वटा वडाबाट संकलित माटोलाई दोलालघाटमा लिएर माटो आधुनिक परिक्षण घुम्ती प्रयोगशाला भ्यानबाट परिक्षण कार्य भैरहेको छ ।
केन्द्रीय कृषि प्रयोगशालाका माटो बिज्ञ प्रकाश पौडेलको नेतृत्वमा र चौरीदेउराली गाँउपालिका कृषि शाखा प्रमुख अनिल कुमार शर्माको संयोजकत्वमा बृहत माटो परिक्षण सुरु गरिएको हो ।

माटो परिक्षण शिविर चौरीदेउराली गाउँपालिका अध्यक्ष दिनानाथ गौतमले उद्घाटन गर्नु भएको छ । २७ गते शुक्रबार समापन हुने कुरा युवा कृषि कर्मि ना.प्रा.स. ज्ञानेन्द्र दाहालले जानकारी दिए ।


तपाईको प्रतिक्रिया