धुलिखेल – काभ्रेको धुलिखेल नगरपालिका वडा नं ६ मा रहेको पूर्णसञ्जीवनी लङखनामाई मा.बि.ले ५९ औ बार्षिकोत्सब मनाएको छ ।

३ नं प्रदेश सभा सदस्य माननीय संसद लक्ष्मण लम्सालको प्रमुख आथित्यमा भएको बार्षिकोत्सब कार्यक्रममा बिद्यालयलाई सहयोग पु¥याउने ब्यक्तितवहरुलाई सम्मान गरिएको थियो । बिद्यालयलाई स्थापनकालदेखि सहयोग गर्ने, बिदेशी क्यनडाका पाहुनहरु र बिद्यालय निर्माणको लागि जग्गा दिने समाजेसीहरुलाई समेत सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि माननीय संसद लम्सालले शिक्षा क्षेत्रमा सबै सरकार मिलेर सुधारको लागि लागिरहेको बताए । अहिले समुदायिक बिद्यालयहरुको सुधारको लागि केन्द्रि सरकार, प्रदेश सरकार र स्थानिय सरकारले काम गरिरहेको बताए । सरकारले सरकारी बिद्यालयहरुको सुधारको लागि ल्याएको योजना अनुरुप काम गरिरहेको र जनप्रतिनिधिहरु संसद देखि नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्षहरु सबैले आफ्न छोराछोरीहरु समुदायिक बिद्यालयमै पढाउनुपर्ने कुरामा जोडदिइरहेको बताए । सरकारले अहिले भुकम्पबाट क्षति पु¥याएको बिद्यालयहरु समेत पुननिर्माण गरिरहेको बताए ।

सरकाकरी बिद्यालयहरुमा भौतीकरुपमा सम्पन्न हुदै गइरहेको अवस्थामा बिद्यालयमा हुने पढाईमा समेत ब्यपाक सुधार हुदै जानुपर्नेमा जोड दिनुभयो । सो कार्यक्रममा धुलिखेल नगरपालिका वडा नं ६ का अध्यक्ष संजय कोजु, ७ नं वडा अध्यक्ष रोमी ब्यन्जु श्रेष्ठ, ११ नं वडा अध्यक्ष बिष्णु धिताल, धुलिखेल नगरपालिका शिक्षा शाखा प्रमुख, बिद्यालयलाई सहयोग गर्ने बिदेशी क्यनडेली पाहुनहरु र स्थािनय समाजसेबीहरुको उपस्थितिमा बिद्यालयको बार्षिकोत्सब कार्यक्रम सम्पन्न गरिएको छ ।


तपाईको प्रतिक्रिया