बनेपा – राष्ट्रिय लिगमा समेत १६ टिम समावेश हुन्छन् । फिफा बल्ड कपमा ३२ देश सहभागी हुने परम्परा छ । अधिकाशं राष्ट्रिय स्तरमा प्रतियोगितामा २० क्लबभन्दा धेरै सहभागिता जनाउँदैनन् । तर काभ्रेमा भएको राष्ट्रिय स्तरको प्रतियोगितामा ३६ टिमले सहभागिता जनाउदै राष्ट्रिय किर्तिमान कायम भएको छ ।

काभ्रेको बनेपा ब्याईज क्लबले चण्डेश्वरी जात्राको अवसर पारेर आयोजना गरेको प्रतियोगिताको पुरस्कार राशी प्रथम हुनेले २ लाख र दोस्रो हुनेले १ लाख पाउँछन् । त्यो ठूलो रकम पनि हैन । तर प्रतियोगितामा ३६ टिमले सहभागिता जनाएका छन् । सहभागिताको लागि १ सयभन्दा धेरै टिमले इच्छा जाहेर गरेपनि कम्तिमा सि डिभिजन लिगभन्दा माथि खेलेका र जिल्ला लिगमा उत्कृष्ट भएका टिमलाई मात्रै समावेश गरिएको थियो ।

वैशाक २० गते एन्फाका अध्यक्ष कर्मछिरिङ शेर्पाको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरेका ह्ुन् । उनले ३६ ओटा टिम सहभागिता भएर मोफसलमा फुटवल प्रतियोगिता आयोजना हुनु निक्कै खुसीको कुरा रहेको बताएका थिए । बिबिसी स्थानीय युवाहरुले सानो सानो रकम सहयोग गरेर स्थापना भएको क्लब हो । बिबिसीका अध्यक्ष महेशकुमार कर्माचार्यले काभ्रेमा समेत राष्ट्रियस्तरको प्रतियोगिताको आयोजना गर्न सकिन्छ भनेर प्रतियोगिता आयोजना गरेको बताए ।

बनेपा बहुप्राविधिक शिक्षालयको खेल मैदानमा प्रतियोगिताको पाँचौ दिनको खेलसम्ममा काभ्रे तथा काठमाण्डौका क्लबले विजयी सुरुवात गरेका छन् । पाँचौ दिनको खेलमा ट्रिटन कलेज काठमाण्डौले ड्रिम क्लब धुलिखेललाई १–० ले पराजित गरेको छ । त्यस्तै आज भएको अर्काे खेलमा कुशादेवी क्लबलाई चाबहिल क्लबले १–० ले पराजित गरेको छ । विदेशी खेलाडी लिएर मैदानमा उत्रिएको बनेपा स्पोर्टस सेन्टरले सन राइज क्लबलाई १–० ले पराजित गरेको हो


तपाईको प्रतिक्रिया