पनौती – विपत बाजा बजाएर आँउदैन । जब आँउछ त्यसले वितण्डा मच्याउँछ । विपत आँउदा हामीले पूर्वतयारी गर्नुपर्छ । पूर्वतयारीलाई उडाउने विपत सबैको सहयोगवाट मात्रै सामना गर्न सकिन्छ ।

काभ्रेको पनौतीमा सामान्य चिया पसल संचालन गरिरहेका शम्भु बञ्जारा एक्लैले थेग्न सकेन विपद् आएन । शम्भुको श्रीमती रमा बञ्जारालाई बोन म्यारोको क्यान्सर भएसँगै उनको उपचारमा लाखौं खर्च भयो । सामान्य चिया पसल गरेर जिविका चलाउने शम्भुले आफू सँग भएको केही लाख रुपैया खर्च गरे । तर उनको आम्दानीको थप स्रोत नहुँदा सहयोग लिन बाध्य भए ।

उपचारमा ३० लाख भन्दा धेरै खर्च हुनेदेखिसँगै पनौती–७ का वडा सदस्य पुरुषोत्तम कर्माचार्यसँगै केही व्यक्तिहरुले सकृयता देखाए । उनीहरुले एकल प्रयासमा सहयोग उठाउन थाले । ५० भन्दा धेरै दाताहरु देखिए ।
तर वडा सदस्य कर्माचार्यसँगै लक्ष्मण माटछे, सुरेन्द्र श्रेष्ठ, बुद्ध लामाले निक्कै सकृय बने । उनीहरुले १ लाख ५८ हजार ८ सय १० रुपैया संकलन गरेर पिडित परिवारलाई बुझाए ।

उपचार खर्च जुटाउन धौ धौ परेको समयमा साथीहरुले सहयोग गरेकै कारण श्रीमतीलाई बचाउन सक्ने आशा श्रीमान् शम्भुले बताए ।

एक महिना अघि नियमित जाँच गराउने क्रममा क्यान्सर भएको पत्ता लागेसँगै उनको परिवारले उपचार सुरु गरेको थियो । अहिले उनको भक्तपुर क्यान्सर अस्पतालमा उपचार भैरहेको छ ।


तपाईको प्रतिक्रिया