पनौती – काभ्रेको पनौती नगरपालिका वडा नं ४ टौखलमा रहेको रियल नेपालमा रहेका दृष्टिबिहिन बालवालिकाहरुलाई स्कुल ड्रेस, स्कुल ब्याग, जुत्ता लगायत खानेकुराहरु बितरण गरिएको छ ।

शनिबार एक कार्यक्रम गरि पनौती ५ का स्थानिय समाजसेबी एवं बयवासायी बिनोद खत्रीको पहलमा रियल नेपालमा रहेको बालवालिकाहरुलाई उक्त सामग्री बितरण गरिएको थियो । पनौतीमा रहेको इन्द्रेश्वार माबिमा अध्ययनरत बिद्यार्थी बालवालिकाहरुलाई आफूले सकेको सहयोग जुटाउदै बितरण गरेको समाजसेबी बिनोद खत्रीले बताए ।

समाजमै रहेर केहि गरौ भन्ने सोचले थोरै भएपनि सहयोग गरेको खत्रीले बताए । अहिले रियल नेपालमा रहेको ५ बालवालिकाहरुको लागि आवश्यक केहि सामग्रीहरु आफैले खरिद गरेर सानो सहयोग बितरण गरिएको खत्रीले बताए । सो सहयोग बितरण कार्यक्रममा गणेश लामा, अनिरुद्र थापा लगायतको उपस्थिति रहेको खत्रीले बताए ।


तपाईको प्रतिक्रिया