“गजल”

आकाशमा उडनु पहिले एकचोटी, मुहार तिमीले हेरेर जानु ।
अन्तिम महसुश होला यादमा, अँगालोमा तिमीले बेरेर जानु ।।

रहरमा नपाउला अब तिमी सग, हाँस्न बोल्न एकैछिन पनि ।
कती थियो सपना तिम्रो मेरो मनमा, सबै तिमीले केरेर जानु ।।

तिमीले परदेशमा पाउ राख्नु ,पहिले नै अस्ताउने छु होला ।
टुटलान छुटलान तिम्रो खुशी, जिबनमा तिमीले घेरेर जानु ।।

रोक्दिन छेक्दिन तिम्रो सन्सार, तिमी आफैले सजाउनु ।
पठाउदिन कुनै यादहरु ढुक्कले, सास तिमीले फेरेर जानु ।।

म सँग छैन कुनै दुख्ने दिल, तिम्रो हरेक मनोमानिमा ।
जुटाएको दुइ मुटु तिम्रो खुशिको लागी, तिमीले सेरेेर जानु ।।

 

– आभा निरु
सिन्धुपाल्चोक


तपाईको प्रतिक्रिया