एकातिर बालविवाह रोक्ने प्रयास भईरहेको छ भने अर्कातिर उमेर र आर्थिक हिसाबले परिपक्क भएपछि मात्रै विवाह गर्ने दर बढ्दो छ ।

चिकित्सकहरुका अनुसार २० देखि ३० वर्षको उमेर विवाहका लागि शारीरिक रुपमा उपयुक्त मानिन्छ । शरीर परिपक्क भएपछि मात्रै आर्थिक, सामाजिक र मानसिक रुपमा विवाहका लागि तयार हुन सकिन्छ ।

डडेलधुराका हेमन्तराज पन्त राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय डडेलधुरामा निमित्त प्रमूखका रुपमा कार्यरत हुनुहुन्छ । स्नातकोत्तरसम्म पढ्नुभएका उहाँले, जागिर खान थालेको पनि २ वर्ष भयो । अबचाहिँ विवाहको लागि उपयुक्त समय भयो भन्ने उहाँलाई लागेको छ ।

चिकित्सकहरुका अनुसार २० देखि ३० वर्षको उमेर विवाहका लागि शारीरिक रुपमा उपयुक्त मानिन्छ । शरीर परिपक्क भएपछि मात्रै आर्थिक, सामाजिक र मानसिक रुपमा विवाहका लागि तयार हुन सकिन्छ ।

पन्तले भन्नुभयो, ‘मैले ढिलो विवाह गर्ने निर्णय गर्नुको कारण आफ्नो पढाइलाई मास्टर्स लेबलसम्म पु¥याउने र नेपालको निजामति सेवामा प्रवेश गर्ने लक्ष्य राखेर विवाहलाई दोस्रो प्राथमिकतामा राखेको थिएँ । र अहिले मैले मास्टर्स पनि सकाएको छु र निजामति सेवामा प्रवेश गरेको पनि २ वर्ष भयो । अब म विवाहका लागि ठिक्क भएको छु जस्तो लागेको छ र त्यसको लागि तयार पनि छु ।’

नेपालगञ्ज १२ बेलासपुरका ४२ वर्षिया गीता थापाले २५ वर्ष पुगेपछि मात्रै विवाह गर्नुभएको हो । शारीरिक र मानसिक रुपमा परिपक्व भएपछि मात्रै विवाह गर्दा आफूलाई निकै सजिलो भएको उहाँको अनुभव छ ।

थापाले भन्नुभयो, ‘ढिला उमेरमा विवाह गर्दाखेरि जुन वैवाहिक जीवन कसरी बिताउने र घरमा एउटा परिपक्व किसिमले आफैं जिम्मेवार भएर कसरी जिम्मेवारी बहन गर्ने भन्ने विषयमा सजिलो हुन्छ ।’ पढाइ पूरा गरिसकेपछि धेरै संघ संस्थामा काम गरेर अनुभव संगाल्न पाएको उहाँ बताउनुहुन्छ ।

नेपालगञ्ज १२ बेलासपुरका ४२ वर्षिया गीता थापाले २५ वर्ष पुगेपछि मात्रै विवाह गर्नुभएको हो । शारीरिक र मानसिक रुपमा परिपक्व भएपछि मात्रै विवाह गर्दा आफूलाई निकै सजिलो भएको उहाँको अनुभव छ ।

पर्वतको फलेवास नगरपालिका ५ चितिपानीका मुना शर्माका ४ जना छोराछोरी छन् । जेठी छोरी सृजना २५ वर्ष पुग्नुभयो । स्नातकसम्मको अध्ययन सकेर, जागीर खान थालेको ४ वर्ष भयो, अहिले नगरपालिकामा सुब्बा हुनुहुन्छ ।

अर्का छोरी सन्दिपा शर्मा सहकारीमा जागिरे हुनुहन्छ । छोरीहरुले जति पढ्छन् पढाएर उमेर पुगेपछी मात्रै बिहे गरिदिने सोंच उहाँको छ । आफू १५ बर्षमै विवाह भएर १६ वर्षमा आमा बन्दा शारीरिक रुपमा कमजोर बनेको पीडा मुनासँग छ ।

‘माग्न त कति आएका छन् आएका छन् । मैले २५ नकटाई मेरी छोरी दिन्न भन्छु ।’ – शर्माले भन्नुभयो, ‘भन्न त अब बुढिकन्या पाल्ने ? पनि भन्छन् तर म त्यो सोंचमा छैन । मैले आफैं भोगेको पनि छु, मैरो विवाह १५ वर्षमा भयो, १६ वर्षमा बच्चा भयो त्यसकारण शारीरिक र अन्य हिसाबले पनि कमजोर भएँ ।’

डाक्टरहरु सामान्यतया २० देखि ३० वर्षको उमेरलाई विवाहका लागि शारीरिक हिसाबले उपयुक्त उमेर भन्छन् । शारीरिक रुपमा परिपक्व भएपछि विवाह गर्दा धेरै फाइदा हुने स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर जागेश्वर गौतम बताउनुहुन्छ ।

गौतमले भन्नुभयो, ‘बच्चा पेटमा बसेका बेला राम्रो हेरचाह गर्न सक्छिन्, सम्झेर औषधि खान सक्छिन्, शरीर पूरै विकास भइसकेको भएर नर्मल डेलिभरी हुने चान्स बढि हुन्छ । शरीरमा चाहिने तत्वहरु पनि लिन सक्छिन् ।’

महिलामात्रै होइन, पुरुषले पनि परिपक्व नभइ विवाह गर्दा थुप्रै अप्ठ्यारा व्यहोर्नुपर्ने गौतम बताउनहुन्छ ।

‘जसले २० वर्षै नपुगि विवाह गर्छ उसले कसरी श्रीमतिलाई सहयोग गर्न सक्छ ?’ गौतमले भन्नुभयो, ‘न उसको पढाइ पूरा भएको हुन्छ न त आम्दानी नै राम्रो हुन्छ । आवश्यक पोषण र आर्थिक जोह पनि गर्न सक्दैन ।’

डाक्टरहरु सामान्यतया २० देखि ३० वर्षको उमेरलाई विवाहका लागि शारीरिक हिसाबले उपयुक्त उमेर भन्छन् । शारीरिक रुपमा परिपक्व भएपछि विवाह गर्दा धेरै फाइदा हुने स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर जागेश्वर गौतम बताउनुहुन्छ ।

शारीरिक रुपमा परिपक्व भएपछि आर्थिक र सामाजिक रुपमा बलियो बन्न सहयोग पुग्छ । विवाह, मानिसको जीवनको महत्वपूर्ण निर्णय भएकाले उमेर पूरा भएपछि मात्रै विवाह गर्नु राम्रो हुने समाजशास्त्रीहरु बताउँछन् ।

प्राध्यापक डाक्टर ओम गुरुङ आफ्नो र समाजको बारेमा बुझ्ने भएपछि मात्रै विवाह गर्दा उपयुक्त हुने बताउनुहुन्छ । कलिलै उमेरमा विवाह गरेपछि चाडैं बच्चा जन्मिने र बच्चाको हेरचाहसमेत गर्न नसक्ने अवस्थामा उनीहरु पुग्ने गुरुङको भनाइ छ ।

समाजशास्त्रीहरुका अनुसार शैक्षिक स्तर बढेसँगै मानिसहरु आत्मनिर्भर हुन थालेका छन् । जसले उनीहरुमा आत्मविश्वास बढेको छ । आत्मविश्वासले विवाह पछिको जीवन सुखद बनाउन सघाएको छ ।


तपाईको प्रतिक्रिया