थाइल्याण्डमा भएको एसीसी यू–१६ क्रिकेट इस्टर्न रिजन प्रतियोगिताको उपाधि विजेता टिम नेपाल फर्किएको छ । विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट र उपाध्यक्ष पिताम्बर तिम्सिनाले स्वागत गरेका थिए ।

नेपालले थाइल्याण्डमा भएको प्रतियोगिताको फाइनलमा मलेसियालाई पाखा लगाउँदै उपाधि जितेको थियो । प्रतियोगितामा नेपाल अपराजित एक्लो टिम हो । नेपाल तीनै पक्षमा अरुभन्दा बलियो रहेको थियो । अब यो टिममा रहेका खेलाडीले बुधबारबाट सुरु हुने यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनेछन् ।

नेपाली टिमका कप्तान विशाल विक्रम केसीले यो प्रतियोगिताबाट युवा खेलाडीमा रहेको क्षमता देखिएको बताए । साथै उनले उमेर समूहमा पछिल्लो पटक निकै कम प्रतियोगिता भइरहेका बेला अन्तर्राष्ट्रिय स्तरमा जस्तो प्रदर्शन हामीले गर्‍योैँ त्यसबाट आफू सन्तुष्ट रहेको समेत बताए ।


तपाईको प्रतिक्रिया