रसुवा – घरमा जडान भएको विद्युत सट हुँदा विहिबार रसुवामा पाँच घर जलेर लाखौंको धनमाल नस्ट भएको छ ।

नौकुण्ड गाउँपालिका वडा नं १ थाङदोरमा करिव ३ वजे लागेको आगो नेपाल प्रहरी र कालिजंग गण अन्तरगत फलाखु खोला हाईड्रोपावरको सुरक्षामा तैनाथ नेपाली सेनाद्वारा साँझ ६ वजे नियन्त्रणमा ल्याएको जिल्ला प्रहरी प्रवक्ता ईश्वरी प्रसाद भण्डारीले जानकारी दि ए।

लछिन लामाको घरमा रहेको विद्युत लाईन सर्ट हुँदा लागेको आगोले लस्करै रहेका ५ ओटा घर नस्ट भएको छ । लछिन लामा, किप्पा नेकोर, ज्ञानु लामा, दावाफुर्पा लामा र मेन्दोपासाङ थोक्राको घर पुर्णरूपमा क्षति भएको हो । विवरण संकलन वाट ८६ लाख ५० हजार वरावरको धनमाल क्षतिको विवरण संकलन भइ सकेको प्रहरी प्रवक्ता भण्डारीले वताए। आजको नेपाल समाचारपत्रमा खबर छ ।


तपाईको प्रतिक्रिया