काठमाण्डौ – सर्वोच्च अदालतको पछिल्लो आदेशका कारण तत्काल एनसेलले कर तिर्नु नपर्ने भएको छ ।

बिहीबार सर्वोच्च अदालतले एनसेलसँग कर निर्धारण गरेको विषयमा ठूला करदाता कार्यालयका नाममा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले ‘केका आधारमा एनसेललाई ३९ अर्ब ६ करोड रुपैयाँ कर निर्धारण गरेको हो’ भनेर कारण देखाउ आदेश जारी गरेको हो ।

सर्वोच्च दुवै पक्षको छलफल नभएसम्मका लागि एनसेलसँग पूँजीगत लाभकर नलिन आदेश दिएको छ । सर्वोच्चले वैशाख २४ गत दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको बृहत इजलासले तिर्न बाँकी कर सात दिनभित्र बुझाउन आदेश दिएपछि ठूला करदाता कार्यालयले ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रूपैयाँ कर निर्धारण गरेको थियो ।

तर एनसेलले भने ठूला करदाता कार्यालयलले अनावश्यक कर रकम निर्धारण गरेको भन्दै सर्वोच्चमा फेरि रिट दर्ता गराएको थियो ।


तपाईको प्रतिक्रिया